कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउन प्रधानमन्त्री देउवाको निर्देशन

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउन प्रधानमन्त्री देउवाको निर्देशन

१९ साउन, काठमाडौँ ।
सरकारले फेरी कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर घिसिङलाई प्राधिकरणमा ल्याउने प्रक्रिया थाल्न निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्रीको निर्देशनपछि वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न उर्जामन्त्री भुसालले आग्रह गरेको पनि जनाइएको छ ।

शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको स्रोतले जनाएको छ । स्रोतले भन्यो– ‘सरकारले स्पष्टीकरण सोध्न सक्छ । स्पष्टीकरण चित्त नबुझे सरकारले उनलाई हटाउन सक्छ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.