तुइन प्रकरणमा सरकारले भारतको विरोध गरोस्ः गणेशसिंह ठगुन्ना

१९ साउन ७८, मंगलबार
Share this
825shares

१९ साउन, काठमाडाैँ ।

Advertisement

प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले भारतिय एसएसबिले तुइन चुडाइदिएका कारण महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामी प्रकरणको सरकारले औपचारिक रुपमा विरोध जनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर बोलेका सांसद ठगुन्नाले सरकारले यस घटनालाई संवेदनशील रुपमा नलिएको बताएका हुन्। उनले भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउदै दोषी उपर कारबाही गर्न पनि पनि सरकारसँग माग गरेका छन् । उनले सरकारले कर्मचारी स्तरबाट छानविन समिति गठन गरी घटनालाई साम्य पार्ने प्रयास गरेको आरोप पनि लगाए । उउनले भने – ‘सिमामा यसरी नेपाली नागरिकको खुलेआम हत्या हुँदा पनि वर्तमान सरकार भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा बिरोध जनाउँदै दोषीलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई यथोचित क्षतिपूर्ति दिलाउनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानविन समिति गठनको नाटक गरेर घटनालाई साम्य पार्ने प्रयास गरिरहेको छ । सरकारले यो घटनालाई संवेदनशील लिएको देखिदैँन ।’

Advertisement

उनले तुइनका कारण सिमामा यस्ता घट्ना घटिरहने गरेको भन्दै दार्चुला–खलंगा–तिङ्कर–कालापानी सडक खण्डलाई राष्ट्रिय गौरवको सडक घोषणा गरेर दिर्घकालीन समस्या समाधानमा ध्यान दिन पनि जोड दिए । उनले दार्चुला घटनाको छानविन गर्न संसदीय समिति गठन गर्नपनि माग गरे । उनले भने– ‘दार्चुला–खलंगा– तिङ्कर–कालापानी सडकलाई राष्ट्रिय गौरवको सडक तत्काल घोषणा गरियोस् र यो पुरै सडक नेपाली सेना र स्थानीय युवाहरु संलग्न गरी अभियानका रुपमा पुरा गरियोस् ।, यो घटनाको छानविनको लागि संसदीय छानविन समिति गठन गरियोस् ।, यो घटनाको औपचारिक रुपमा भारत समक्ष विरोध दर्ता गरियोस् र दोषीलाई कारबाही गर्न पहल गरियोस् ।, मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराईयोस् ।’

सांसद ठगुन्नाले सरकारले हालसम्म मन्त्रीपरिषद् लाई पूर्णता दिन नसकेको र संसदलाई बिजनेशविहिन बनाएको भन्दै आलोचना पनि गरे । सत्तासम्बद्ध दलहरु भागबन्डाको किचलोमा रुमल्लिइरहेको उनको आरोप छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top