काठमाडाैँमा एक हप्ता थपियाे निषेधाज्ञा

१९ साउन ७८, मंगलबार
Share this
827shares

१९ साउन, काठमाडौँ ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप भएको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

Advertisement

कोरोनाको संक्रमणदर पछिल्लो समय बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको टोली र सूरक्षा निकायले जनस्वास्थ्य मापदण्ड पालना भएको वा नभएको बारेमा प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय भएको छ ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र अटेर गर्नेलाई कानुनी दायरामा ल्याइने समेत उनले बताए । भिडभाडजन्य गतिविधि नरोकिए अझ कडाईका साथ अघि बढ्ने प्रजिअ निरौलाले बताए।

Advertisement

बैठकले कोरोनाको परीक्षण दायरा बढाउने विषयमा समेत निर्णय गरेको छ । साथै यस्तै अवस्थामा संक्रमणको दर बढ्दै गएमा निषेधाज्ञा नियमलाई फेरबदल आगामी दिनमा गर्ने विषयमा छलफल भएको समेत प्रजिअ निरौलाले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top