खोप लगाएकाले पनि सार्छन् भाइरस

खोप लगाएकाले पनि सार्छन् भाइरस

काठमाडौं : अमेरिकाले खोप लगाएकाले पनि सार्वजनिक स्थलमा मास्क लगाउन फेरि सिफारिस गरेको छ ।

अमेरिकाको मासाच्युट राज्य नजिकैको केप कोड नामक प्रायद्धीपमा गरिएको अध्ययनको नतिजाका आधारमा अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी) ले मास्क लगाउन नीतिगत सिफारिस गरेको हो ।

अध्ययनमा खोप लगाएका १२७ जनालाई समेटिएको थियो, जसमा कोरोनाको डेल्टा भेरियन्ट भाइरस भेटिएको थियो ।

उनीहरुले खोप नलगाएका तथा आंशिक रुपमा खोप लगाएका मानिसले सार्ने अनुपातमै अन्यलाई भाइरस सारेको अध्ययनले देखाएको छ ।

केप कोडमा जुलाई ४ मा आयोजना गरिएको स्थानीय उत्सवमा सहभागी ४३० जनामा भाइरस संक्रमण भएके थियो । उच्च भाइरल लोडका कारण संक्रमणको उच्च जोखिम देखिएको छ ।, याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.