×

NEPAL TIMES UPDATES

Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026

कांग्रेस महाधिवेशन मंसिरमा, टुंगिएको विषय फेरि खोलेकोमा निधिको असन्तुष्टि

२० श्रावण २०७८

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन मंसिरमा गर्नेगरी आन्तरिक छलफल थालेका छन्। पार्टीको क्रियाशील सदस्यता विवाद, कोरोना भाइरस संक्रमणसहितका विषय विद्यमान रहेको भन्दै देउवाले मंसिरमा महाधिवेशन गर्न सकिने निकटहरूसँग बताएका हुन्।

मंसिरसम्म महाधिवेशन गर्दा संवैधानिक व्यवस्था विपरीत नहुने र निर्वाचन आयोगले त्यसलाई मान्ने बताउँदै देउवाले निकटहरूसँग पार्टीको क्रियाशील सदस्यताको विषयका नेता रामचन्द्र पौडेल पक्षले अनावश्यक विवाद निकाल्न थालेको आरोप लगाएका छन्। क्रियाशील सदस्यता छानबिन समितिले टुंगो लगाएको विषयमा पनि अहिले प्रशन गर्न थालिएको र पार्टी उपभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठन भएको समायोजन समितिले सर्वसहमतिले गरेको निर्णयमा पनि प्रश्न उठाएको भन्दै देउवाले असन्तुष्टि जनाएका छन्।

Advertisement

निकटहरूसँग निरन्तर छलफलमा रहेका देउवाले मंगलबार साँझ उपसभापति निधिलाई सरकारी निवास बालुवाटार बोलाएर कुरा गरेको स्रोतको दाबी छ। १४औं महाधिवेशनमा निधि सभापतिको प्रत्यासी बन्ने बताएपछि देउवा र निधि भेट पातलिएको छ। देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका निधिले समायोजन समितिले सर्वसम्मतिबाट गरेको निर्णय केन्द्रीय समितिमा पेश गरी पारित गरिसको विषयमा पौडेल पक्षले विवाद निकालेको बताएका छन्।

पौडेल पक्षको आग्रह्मा निर्णय भइसकेको फाइल पुनः खोल्नु विधिसम्मत नभएको भन्दै निधिले बागलुङसहितका जिल्लाका विषयमा उत्पन्न गरिएको विवादप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सो विषयमा सदस्यता छानबिन समिति प्रवेश गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्। समायोजनका बाँकी काम सक्न बैठक राख्न पनि पौडेलले असहयोग गरेको भन्दै निधिले निर्णय खोल्दै र फेर्दै जाने हो भने समायोजन समितिको औचित्यमाथि नै प्रश्न उठ्न बताएका थिए।

जवाफमा देउवाले सदस्यता र समायोजनका विषयमा पौडेल पक्षले अनावश्यक विवाद निकालेको बताएका थिए। बुधबार दिउँसो पदाधिकारी बैठक राखेको र त्यसबाट सबै विषय टुंगोमा पुर्‍याउने बताएको बालुवाटार स्रोतको दाबी छ। देउवाले बुधबार दिउँसो ३ बजे बैठक बोलाएका छन्।

Advertisement

निधिले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने यसअघि नै बताएको भन्दै फेरि देउवासँग सहयोग मागेका थिए। तर, देउवाले पुरानै जवाफ फर्काउँदै अहिले आफूलाई सहयोग गर्न र १५औं मा निधिलाई सहयोग गर्ने बताएका छन्। याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

सम्बन्धित खबरहरु

Scroll to Top