भूकम्पले क्षतिग्रस्त पचली भैरव परिसरको पाटीको पुनर्निर्माण सुरु

२० साउन ७८, बुधबार

२० साउन, काठमाडौँ ।
काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान सो पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

Advertisement

२०७९ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको सो पार्टीको निर्माण कार्यको जिम्मेवारी नमोबुद्ध विल्डर्स प्रालिलाई दिइएको छ । ८९ लाख ५५ हजार लागत अनुमान गरिएको सो पुनर्निर्माणको काम काठमाडौं महानगरपालिका भित्र रहेका सबै सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गरी पर्यटनसँग जोड्ने अभियान अन्तरगत सो पार्टीको पनि पुनर्निर्माणको काम सुरु गरिएको महानगरपालिकाका मेयर शाक्यले बताए । उनले महानगरपालिकाको सम्पदा संरक्षणमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र गुठीहरुको भूमिका पनि महत्वपूर्ण रहेको स्मरण गराए ।

मेयर शाक्यले काठमाडौं महानगरपालिका भित्र विश्व सम्पदा सूचिमा सूचिकृत ४ वटा विश्व सम्पदा रहेको उल्लेख गर्दै त्यसको संरक्षणमा ध्यान केन्द्रित गर्न सम्बन्धित सबै पक्षलाई आह्वान पनि गरे । विश्वको सम्पदा हेर्न विभिन्न देशका पर्यटकहरु आउने भएकाले त्यसको संरक्षणमा स्थानीयले विशेष ध्यान दिनुपर्ने उनको जोड छ ।

Advertisement

काठमाडौं महानगरपालिकाले भूकम्पले क्षति पु¥याएका सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिँदै आएको छ । त्यसलाई सहयोग पु¥याउन चालू आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले पनि ३ करोड बजेटको व्यवस्था गरेको छ । स्थानीय र तीन वटै तहको सरकारको सहयोगमा काठमाडौं भित्रको सम्पदाहरुको संरक्षणको कामलाई अघि बढाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top