फूल आयातमा अवरोध भएपछि सरकारविरुद्ध पुष्प व्यवसायीहरु आन्दोलित

२० साउन, काठमाडौँ ।
अवैैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको चर्को विरोध गर्दै ¥याली निकालेका छन् । फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरुले सरकारविरुद्ध ¥यालीसहितको प्रर्दशन गरेका हुन् ।

बुधबार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दैै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौंलालाई ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्रमा अवैध ढंगले करछली गरेर नेपालमा पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्नेहरुमाथि कडा कारवाही गर्न पनि सरकारसँग माग गरिएको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । उने कोरोनाका कारण थला परेको नेपालको पुष्प व्यवसायलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

स्वदेशी पुष्प व्यवसायको विकास र प्रवद्र्धनका लागि ठोस योजना ल्याउन नसकेको, भारतलगायतका मुलुकबाट आयातित अवैध पुष्प व्यापारलाई नियन्त्रण गर्न सरकारले नसकेकोमा पुष्प व्यवसायीहरुको आक्रोश छ । पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुन सक्ने अवस्था हुँदाहुँदै पनि सरकारले त्यस खालको वातावरण बनाउने काम नगरेको व्यवसायीहरुको आरोप छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top