×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

दार्चुला प्रकरणमा भारतसँग उच्च तहमा छलफल गर्नुपर्छ: सांसद अनिता देवकोटा

२० श्रावण २०७८

२० साउन, काठमाडौँ ।
राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद अनिता देवकोटाले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा भारतको उच्च तहसँग छलफल गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद देवकोटाले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले भारत सरकारसँग सम्वाद गर्नुपर्ने बताएकी हुन् ।

उनले यस घटनाको खोजी, अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न भारतको उच्च तहसँग छलफल गर्नुपर्ने बताइन् । आगामी दिनमा यस्तो घटना नघटाउनको निम्ति सरकारले भारत सरकारको प्रतिवद्धता लिनुपर्नेमा पनि उनको जोड छ । उनले भनिन् – ‘जयसिंह धामीको तुइन काटेर बेपत्ता भएको घटनालाई भारतसँग सम्वाद गरोस् । आफ्ना नागरिकको न्यायिक पक्षमा याथाशिघ्र सरकारले खोजी, अनुसन्धान र सत्यतथ्य सार्वजनिक गर्न सकोस् । जयसिंह धामीका परिवारलाई उचित क्षति र राहतको व्यवस्थापन गरोस् । र भारतको उच्च तहसँग छलफल गरेर दोषीलाई कानूनी कारबाहीमा ल्याउने प्रयत्न गरोस् । अबदेखि यस्ता घटना नदोहोरिनको लागि भारतसँग प्रतिवद्धता लिन सकोस् भनेर म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । सदरमुकाम आउनका लागि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतालाई सधैभरीका लागि अन्त्य गर्न सरकारसँग म आग्रह गर्न चाहान्छु ।’

Advertisement
Advertisement

सांसद देवकोटाले मुलुक कोभिड १९ संक्रमणबाट आक्रान्त भएको भन्दै सबै नागरिकलाई खोपको सुनिश्चितता गर्न र कम आय भएका नागरिकलाई आर्थिक राहत प्याकेज ल्याउन ध्यानाकर्षण पनि गराइन् । उनले भनिन् – ‘अहिले मुलुक कोभिडबाट आक्रान्त छ । सबै नागरिकलाई खोपको सुनिश्चितता त्यसैगरी उद्योगधन्दा र कम आय भएका व्यक्तिहरु धेरै प्रभावित छन् । विभिन्न वर्गलाई आर्थिक राहतका प्याकेजहरु ल्याएर सरकारले यथाशिघ्र यो कोभिडको मारमा परेका नागरिकहरुलाई अभिभावकत्व प्रदान गरोस् भनेर म भन्न चाहान्छु ।’

उनले कोभिड संक्रमणको तेस्रो लहर आउने सम्भावनाको उल्लेख गर्दै त्यस विरुद्ध जुध्ने सामथ्र्यको सुनिश्चितता गर्न पनि सरकारलाई ध्यानाकर्षण गराइन् ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top