दुई वर्षमा काठमाडौंमा मोनोरेल चलाउने घोषणा गरेका विद्यासुन्दरले अझै भेटेनन् लगानीकर्ता

दुई वर्षमा काठमाडौंमा मोनोरेल चलाउने घोषणा गरेका विद्यासुन्दरले अझै भेटेनन् लगानीकर्ता

काठमाडौं : स्थानीय तहको चुनावताका आयोजना हुने हरेक आमसभामा काठमाडौं महानगरवासीलाई दुई वर्षभित्रै मोनोरेल चलाउने आश्वासन बाँडेका विद्यासुन्दर शाक्यले चार वर्षसम्म लगानीकर्तासमेत नभेटेपछि पछिल्लो समय त्यसबारे चर्चा गर्नै छाडेका छन् ।

तीन वर्षअघि चक्रपथमा मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको महानगरले लगानीका स्रोत नजुटेपछि घोषणा नै अलपत्र परेको छ । पछिल्लो समय काठमाडौं महानगरले नीति तथा कार्यक्रममा मोनोरेल समेटिन छाडेको छ ।

शाक्यले मोनोरेललाई महत्वाकांक्षी योजनाका रुपमा चुनावी एजेन्डा बनाएका थिए । चुनावको समयमा मेयर शाक्यले विज्ञको प्रतिवेदनका आधारमा मोनोरेलको एजेन्डा बनाएको भन्न समेत पछि परेनन् ।

महानगर प्रमुखका रुपमा शाक्यको कार्यकाल सकिन करिब १० महिना मात्र बाँकी छ । अब चक्रपथमा मोनोरेल गुडाउने घोषणापत्रमै सीमित हुने निश्चित भएको महानगरकै अधिकारी बताउँछन् ।, याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.