२१ साउन, एजेन्सी ।
बंगलादेशमा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । बेहुलासहित अन्य १४ जना घाइते भएका छन् ।
बुधबार तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङले भेटेको थियो । एकैपटक थुपैं चट्याङ खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बंगलादेशमा हरेक वर्ष चट्याङले ठूलो जनधनको क्षति हुने गरेको छ । सन् २०१६ को मे महिनामा बंगालादेशमा एकै दिन चट्याङ लागेर ८२ जनाको मृत्यु भएको थियो ।
