अफगानिस्तानमा गएको चौबीस घण्टामा ३०३ तालिबान बिद्रोही मारिए

२१ साउन ७८, बिहीबार
Share this
733shares

२२ साउन, एजेन्सी।

Advertisement

अफगानिस्तानमा गएको चौबीस घण्टामा सुरक्षाकर्मीले गरेको कारबाहीमा कम्तिमा ३०३ तालिबान मारिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गएको कारबाहीमा थप १२५ तालिबान बिद्रोही घाइते भएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै विभिन्न प्रान्तमा चलाइएको कारबाहीमा भारी संख्या तालिबान बिद्रोही मारिएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ । नानगढ, लघमान, गजनी, पक्तिका, कान्धार, जाबुल, हेरात, जौजन, समानगन, फरयाब लगायतको प्रान्तमा कारबाहीको क्रममा ठूलो संख्यामा तालिबान बिद्रोही मारिएको बताइएको छ ।

Advertisement

हलसम्म तालिबानले अफगानिस्तानको २२३ जिल्लामा नियन्त्रण पाएको बताइएको छ । सुरक्षाकर्मीबाट ११६ जिल्लाको नियन्त्रण खोस्न तालिबानले संघर्ष गरिरहेको छ । ३४ मध्ये १७ प्रान्तको राजधानीमा तालिबान बिद्रोहीको प्रभाब रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top