×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

बन्द झोला र विद्यार्थीको भेट कहिले ?

२१ श्रावण २०७८

२१ साउन, जाजरकोट।

कोभिड –१९ को असर देखिनेबित्तिकै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीको पाठ्यपुस्तकसमेत झोलामै बन्द छन् । विद्यार्थी घरायसी काममा व्यस्त हुँदा पाठ्यपुस्तक राखेको झोलासँग अझैं भेटघाट हुन सकेको छैन् ।

Advertisement

बारेकोट गाउँपालिका–५ की रमिता सिंह अहिले बारेकोटकै पाटन क्षेत्रमा पशुचौपायको हेरालुका रूपमा दैनिक काम गरिरहेकी छन्। उनलाई पढाइभन्दा पशुचौपायाको माया बढी लागिरहेको छ । हातमा मोबाइल लिएर दैनिक भिडियो हेर्दै पशुचौपायाको हेरालुको जिन्दगीबाट उहाँले मुक्ति पाउन सकेको छैन् । घरका अभिभावक जङ्गलमा पाइने विभिन्न जडीबुटी सङ्कलन गर्न व्यस्त छन् । भाइ, बहिनीलाई दैनिक खाना, पशुचौपायाको स्याहारदेखि गोठको सुरक्षासम्मका कामले उनको दिन बितिरहेको छ ।

अभिभावक गोठमा आएको दिन सिंहलाई नायकबाडास्थित घरमा पठाएर आवश्यक खाद्यान्न ढुनानी गर्नुपर्ने अर्को जिम्मेवारी पनि आइलाग्दै आएको छ । सिंहले भनिन्, “किताब राखेको झोला र मेरो भेट नभएको धेरै महिना भइसक्यो, घरको कामले गर्दा किताब हेर्ने फुर्सद नै छैन । विद्यालय खुलेका पनि छैनन् । बिद्यालयमा पास गराए कि फेल गराए, त्यो पनि थाहा छैन ।”

उनीजस्तै अर्की जुनकुमारी सिंह पनि चौथारी लेकमा छिन् । उनलाई गोठको सुरक्षादेखि पशुचौपायकै चिन्ता छ । विद्यालय सञ्चालन भए÷नभएको बारेमा जानकारीसम्म उनलाई छैन । पाटन क्षेत्रमा फोन नलाग्ने भएकाले बारेकोटको बोटो हुँदै जुम्ला जाने सर्वसाधारण उनको गोठमा बास माग्दै आएर बसेको पाहुनाले दिएको जानकारी नै उनका लागि नयाँ सन्देश हुन्छ ।

दैनिक वर्षे झरी, जुकाको टोकाइ, गाईभैँसी, घोडाको हेरालुको कामले गर्दा अरु कुरा सोच्ने जुनकुमारीलाई फुर्सद छैन । उमेरले मात्र १४ वर्षकी उनको काँधमा घरको सबै काम गर्नुपर्ने बाध्यता छ । पाटन क्षेत्रमा भारी मात्रामा फुलेका फूलहरुसँग रम्दै, जङ्गलबाट सङ्कलन गरी ल्याइएका निगालोको टुसा र अन्य जडीबुटी, च्याउ खाँदै जुनकुमारीको भविष्य कत्ता जाँदैछ, उनलाई अत्तोपत्तो छैन ।

उनकै उमेरका विद्यार्थी इन्टरनेटको माध्यमले दैनिक नयाँ–नयाँ कुरा पढिरहेका छन् । देश, विदेशका घटनाका विषयमा छलफल, जानकार छन् । तर पाटन क्षेत्रमा रहेका विद्यार्थी कुनै सूचना, जानकारी र शिक्षा लिन पाएका छैनन् । पशुचौपायको स्याहार नै उनीहरुको मुख्य शिक्षा आर्जन गर्ने थलो बन्दै छ । अर्थावस्था कमजोर हुनुका साथै दुर्गम भएकै कारण यहाँका विद्यार्थी चाहेर पनि केही गर्न सक्ने अवस्था नरहेको वीरेन्द्र हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोरखहादुर सिंहले बताए । सिंह आफैँ पनि इन्टरनेट चलाउने र मन लागेमा विद्यालय तथा गाउँपालिकाको केन्द्र लिम्सासम्म पुग्ने गरेका छन् ।

बारेकोटलगायत दुर्गमका विद्यार्थीको परीक्षा फारमदेखि अन्य काम कसले गरिदिन्छ भन्ने स्वयं विद्यार्थीलाई नै थाहा हँुदैन । त्यस्तै डोल्पाका अधिकांश विद्यार्थीको हालत पनि त्यस्तै रहेको छ । चिसो मौसममा विद्यालय बन्द गर्नुपर्ने र गर्मी मौसममा विद्यालय सञ्चालन गरेर पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यता डोल्पामा रहेको छ ।

अहिले कोभिडका कारण विद्यालय बन्द हुँदा कुनै समय पनि विद्यार्थीले पढ्न पाएका छैनन् । गाउँमा हुने विकास निर्माणको काममा मजदुरका रूपमा विद्यार्थी काम गर्न बाध्य भएको त्रिपुरासुन्दरी नगरपालिका लिकुका रामबहादुर पहाडीले बताए । विद्यालय बन्द छन्, सरहरु कहाँ हुनुहुन्छ थाहा छैन उनले भने । आर्थिकरूपमा सवल भएको परिवारका विद्यार्थी ठूला शहरमा गएर विभिन्न माध्यमबाट शिक्षा लिए पनि गाउँमा रहेका विद्यार्थीको अवस्था बिजोग बन्दै गएको छ ।

कोरोनाविरुद्धको खोप शिक्षकलाई लगाउन शुरु गरे पनि विद्यार्थीलाई लगाएको छैन । शिक्षकलाई लगाएको खोपले विद्यार्थीहरु कसरी सुरक्षित हुन्छन् ? रुकुम पश्चिम आठबीसकोट नगरपालिका राडीका कालीबहादुर बटालाले भने । हामीले हाम्रो छोराछोरीलाई विद्यालय पठाउँदा कसरी पठाउने ? उहाँले प्रश्न गरे । शिक्षक मात्र बाँचेर विद्यार्थीहरु मरुन भन्ने नीति लिएको हो कि जस्तो लाग्छ उनले आक्रोशित हुँदै थपे। केही विद्यार्थीहरु घर छाडेर भारतसमेत पुगिसकेको पाइएको छ । दशैँ, तिहारमा घर फर्कने गरी भारत पुगेको सामाजिक सञ्जालमा सार्वजानिक गरिएका सन्देशबाट थाहा हुँदै आएको छ ।

Advertisement

हाम्रो जीवनशैली र जीवनस्तर बदल्नका लागि आर्थिकरूपमा सवल भएमा मात्र हरेक प्राविधिसँग नजिक हुन सकिन्छ । बिहान र बेलुकी के खाने, के लगाउने भन्ने चिन्ताले रुमलिने हाम्रो परिवेशबाट हुर्केको जीवनशैलीबाट संसार थाहा पाउने सपना पूरा गर्न राज्यले ठूलो लगानी गर्नुपर्ने जानकारहरु बताउँछन् ।हेमन्त केसी/रासस

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top