मुख्यमन्त्री पोखरेलकै निर्देशनमा सांसद विमलालाई अपहरण गरियाे : विपक्षी गठबन्धन

२१ साउन, बुटवल ।
लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले माओवादी केन्द्रकी सांसद विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलकै निर्देशनमा अपहरण गरिएको आरोप लगाएको छ ।

विपक्षी गठबन्धनले विज्ञप्ति जारी गरी घटनामा प्रत्यक्ष संलग्न अपराधीलाई तत्काल कानुनको कठघरामा उपस्थित गराउन माग पनि गरेको छ ।

कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खान, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर, जसपाका उपनेता सुमन शर्मा रायमी र राष्ट्रिय जनमोर्चाका तारा जिसीद्धारा जारी विज्ञप्तिमा सरकारकै नेतृत्वले अपहरण जस्ता अपराधिक घटनामा संलग्न हुनुले लोकतन्त्र नै धरापमा पर्ने खतरा रहेको बताइएको छ ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘अविशिवासको प्रस्तावको सामना नगर्ने, बजेट पेश नै नगर्ने, संसद बहिस्कार गर्ने अन्य पार्टी तोडफोड गर्ने जस्ता घटना त गरि नै रहेका छन्, अब पछिल्लो चरणमा केन्द्रीय संसदमा जस्तै यहाँपनि मुख्यमन्त्री स्वयम् सांसद अपहरण, धम्की र किनबेचको आपराधिक तरिका अपनाउँदै सांसदलाई शरीर बन्धक अपहरणमा संलगन्न हुँदै गैरहरेको त होइन भनि गम्भीर आशंक जन्माएको छ ।’

बिहीबार प्रदेशसभा सदस्य विमलाले बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास र्पुयाएर ‘बन्धक’ बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको बताएकी थिइन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top