नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकियो, भोलि बिहान पुन: बस्ने

२१ साउन ७८, बिहीबार
Share this
715shares

२१ साउन, काठमाडौं ।

Advertisement

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सकिएको छ। बैठक भोलि बिहान साढे ११ बजे पुन: बस्ने नेता रघुजी पन्तले जानकारी दिए।

बैठकमा ७३ जना केन्द्रीय सदस्य उपस्थित भएर हस्ताक्षर गरेको एक नेताले जानकारी दिए। बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेट समय उपलब्ध गराइएको थियो।

Advertisement

आजको बैठकमा विजय पौडेल, झपट रावल, रामकुमारी झाँक्री, सावित्रा भुसाल, निरा जैरु, ठाकुर गैरे र भानुभक्त जोशी लगायतले बोलेका थिए।

पार्टी एकताको सम्भावना क्षीण हुँदै गएको अवस्थामा नेताहरूको धारणा बुझ्नका लागि नेता नेपालले केन्द्रीय कमिटी बैठक आयोजना गरेका हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top