हामी सरकारमा जाने कुनै सम्भावना छैन, अपोजिसनमा छौं : रघुजी पन्त

२१ साउन, काठमाडौँ ।
नेकपा एमाले (खनाल–नेपाल) समूहका नेता रघुजी पन्तले आफुहरु सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताएका छन् । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले आफुहरु प्रतिपक्षमा भएको बताएका हुन् ।

Advertisement

उनले भने, ‘सरकारमा जाने कुनै सम्भावना छैन, हामी एमालेमा छौं । एउटै पार्टीमा छौं । अपोजिसनमा छौं ।’ एमाले खनाल–नेपाल पक्षले समर्थन प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नका लागि समर्थन गरेको जनाएको थियो ।

सो समुह पनि सरकारमा सहभागी हुने आसले प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top