‘सिस्टम’ लागुगर्न कांग्रेस सरकारका निर्णय खारेज

Share this
719shares

विराटनगर, असार २२
नेकपाका वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधब कुमार नेपालले बिधि सम्मत ‘सिस्टम’ लागूगर्न काँग्रेस सरकारले विगतमा गरेका निर्णयलाई बर्तमान सरकारले खारेज गरेको बताएका छन् ।

Advertisement

बिराटनगर बिमानस्थलमा शुक्रबार पत्रकाहरुसँग कुरा गर्दै नेता नेपालले भदौ १४ गतेपछी तत्कालिन काँग्रेस सरकारले गरेको निर्णयहरु खारेज गर्ने वर्तमान सरकारको निर्णयले देशमा सिस्टम लागू हुने भएकाले यस विषयलाई विवाद वनाउन नहुुने बताए ।

उनले कांग्रेस सरकारले गरेका निर्णयहरु सहमती र सहकार्यमा नभएकाले निर्णय खारेज हुँदा समस्या नआउने उल्लेख गरे । वरिष्ठ नेता नेपालले मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसलाई अधैर्य नहुन र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह समेत गरे ।

Advertisement

नेता नेपालले स्वास्थ्य समस्याको बिषयमा अनसन बसिरहेका डा. गोविन्द केसीको भूमिका रहस्यपूर्ण भएको भन्दै माग पुरा गर्न गाह्रो हुने बताए । नेता नेपालले डा केसीको नियत मनमोहन नामका संस्था बन्द गराउने र विद्यार्थीहरुलाई विदेश पठाउने देखिएको बताए ।

उनले डा. केसीलाई अनसन त्यागेर शिक्षा र स्वास्थ्यका समस्या समाधान गर्न वार्तामा आउनसमेत आग्रह गरे । शिक्षा र स्वास्थ्य क्षेत्रमा भईरहेको व्यापारीकरण रोक्नुपर्ने र बिस्तारै सरकारले दायित्व लिदै जानुपर्नेमा नेता नेपालले जोड दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top