मंसिरसम्म १ लाख ९३ हजारमा कोरोना संक्रमण हुने

मंसिरसम्म १ लाख ९३ हजारमा कोरोना संक्रमण हुने

काठमाडौं : भदौको पहिलो सातादेखि आगामी मंसिरसम्मा नेपालमा नयाँ कोरोना संक्रमित हुने संख्या १ लाख ९३ हजार हुने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ ।

बिहीबर प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट प्रवक्ता तथा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले आगामी पाँच महिनाको संक्रमणको यस्तो प्रक्षेपण गरेका हुन् ।

साउनदेखि मंसिर महिनाभित्र नेपालमा कोरोना संक्रमित हुने १ लाख ९३ हजार जनामध्येमा ९ जार ६९३ जनालाई आइसीयू सुविधा चाहिनेछ । त्यसैगरी संक्रमितमध्येमा ३८ हजार ७७१ जनालाई कोभिड शैया तथा अक्सिजन आवश्यक पर्नेछ ।

प्रक्षेपणअनुसार साउनमा ५३ हजार ७, भदौमा ४५ हजार ७ सय २६, असोजमा ३८ हजार ९९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १ सय ८३ जना संक्रमित हुनेछन् ।

यो अवधिमा कति जनाको मृत्यु हुन्छ भन्ने विषयमा प्रक्षेपण नगरेको प्रवक्ता पौडेलले बताए । याे समाचर नागरिक दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.