राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

२२ साउन, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा छलफल भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा  विहीबार अपराह्न शितलनिवास पुगेका थिए ।

राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएकाे राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.