केपी ओलीले जति नै गाली गरेपनि पार्टी एकताको पक्षमा छु : माधव नेपाल

२२ साउन, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । शुक्रबार आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफुले पार्टी एकतामै जोड दिएको बताएका हुन् ।

आफूहरुले दक्षिणपन्थी विचारविरुद्ध संघर्ष गर्दै आएको र यसका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए । ‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ,’ नेपालको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले भने।

नेताहरुले केपी ओलीले हामीले अलमल्याउन खोजेको त होइन भन्ने आशंका व्यक्त गरेको भन्दै उनले भनेका छन्, ‘म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु ।’

पार्टी एकताका लागि प्रयत्न गर्नुपर्ने भन्दै उनले आलोचना गर्दा संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् । बिहीबारदेखि जारी नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पनि सकिएको छ। सबैजसो केन्द्रीय सदस्यहरुले सम्मानपूर्वक एकतामा जोड दिएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top