२२ साउन, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ८८५ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको १० हजार संख्या पुगेको छ ।