उच्चस्तरीय सुकुम्बासी समस्या समाधान आयोग गठन गर्न माओवादीको माग

२२ साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले सुकुम्बासी, भूमिहीन किसान, दलित तथा अव्यवस्थित वसोबास समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आयोग गठनको माग गरेको हो ।

Advertisement

सरकारले १९ साउनमा देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो । सो आयोग केपी शर्मा ओली नेतृत्वको सरकारको पालमा गठन भएको थियो ।

आयोग खारेज गर्ने सरकारको निर्णयको प्रमुख विपक्षी नेकपा एमालेले विरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top