६० लाख खर्च गरेर बेलका नगरपालिकाले बनायाे ‘सुँगुर’को प्रतिमा

६० लाख खर्च गरेर बेलका नगरपालिकाले बनायाे ‘सुँगुर’को प्रतिमा

२३ साउन, उदयपुर ।
उदयपुरको बेलका नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न ६० लाख रुपैयाँ लागतमा सुँगुरको प्रतिमा बनाएको छ । बेलका– ७ मैनामैनीमा पर्यटन प्रवद्र्धन गर्ने भन्दै नगरपालिकाले बराह (सुँगुर) को प्रतिमा बनाएको हो ।

बराहको प्रतिमा बनाउनका लागि आर्थिक वर्ष २०७६÷७७ मा बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । मेयर दुर्गाकुमार थापाले भने ‘अघिल्लो २ वर्षदेखि बनाउन शुरु गरिएको बराहको प्रतिमा निर्माणको काम लगभग सकिएको छ, दाह्रा, पुच्छर बनाउन र रंगरोगन गर्न बाँकी छ ।’

थापाका अनुसार बराह भनेको जंगली सुँगुर अर्थात बँदेल हो । बराहको प्रतिमा बनाएको क्षेत्र र प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्र तथा चतराधाम वारिपारि पर्छ । बीचबाट सप्तकोशी बगेको छ ।

नगरपालिकाको पहाडी क्षेत्र अर्थात अग्लो भागमा पर्ने यो क्षेत्रबाट हेर्दा सुनकोशी, अरुण र तमोरको संगम स्थल त्रिवेणी लगायतका क्षेत्र पनि देखिन्छ । त्यसैले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बराहको प्रतिमा बनाएको उनले बताए ।

बराहको प्रतिमा नजिकै झरना पनि रहेको छ । बराहको प्रतिमा बनाएको ठाउँ नजिक मैनामैनी मन्दिर समेत रहेको छ । आन्तरिक पर्यटनको विकासका लागि पार्क बनाउने तयारीसमेत रहेको मेयर थापाले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.