भूमि आयोग विघटन गर्नुको औचित्य पुष्टि गर्न पद्मा अर्यालले चुनौती

२३ साउन, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी नेतृ एवम् पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्नुको औंचित्य पुष्टि गरेर देखाउन सरकारलाई चुनौति दिएकी छन् ।

नेतृ अर्यालले १२ लाख भूमिहिन गरिव नागरिकलाई आगामी असोजबाट जग्गाधनी लालपूर्जा उपलब्ध गराउने गरी आयोगले काम गरिरहेका बेला सरकारले उनीहरुमाथि गम्भिर चोट पु¥याउने गरी आयोग विघटन गरेको भन्दै आपत्ति जनाइन् । शनिबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, ‘१२ लाख भूमिहिन दलित, सुकुम्बासी र अव्यस्थित ढंगले बसोबास गरिरहेका गरिव जनतालाई आगामी असोजबाट जग्गाधनी लालपूर्जा दिने तयारीका साथ अघि बढिरहेको आयोगलाई सरकारले विनाकारण विघटन ग¥यो । यसको पछाडि आयोगले काम नगरेर होईन् । आयोगले रफ्तारका साथ संरचनाहरु निर्माण गर्दै स्थानीय तहसँग कार्य सम्पादन सम्झौंदा गर्दै भूमिहिनहरुको पहिचान गरेर कामलाई अघि बढाईरहेको थियो । त्यस कामलाई पारदर्शी बनाउन आयोगले सफ्टवेयरको समेत व्यवस्था गरेको थियो । अव असोजदेखि पूर्जा बाँडने गरी आयोगले तयारी गरिरहेको थियो । आयोगले स्थानीय तहलाई ती कामका लागि आवश्यक वातावरण बनाई दिने काम गरिरहेको थियो । कानुन बनाउनका लागि सहजीकरण गरिरहेको थियो । मैले भनेको थिए–ती सुकुम्बासीहरुको समस्या अव समाधान हुनेछ । जनता उत्साहित भएर अव लालपूर्जा पाउने भयौं । दशैंमा हर्षबढाईका साथ लालपूर्जा पाउने भयौं भन्ने उत्साहित भएका थिए । तर वर्तमान सरकारले एकाएक राजनीतिक पूर्वाग्रहको कारणले जुन ढंगले आयोग विघटन ग¥यो । त्यसले यो सरकार भूमिहिन गरिवको होकि, होइन ? भन्ने प्रश्न खडा गराएको छ ।’

नेतृ अर्यालले केपी ओली नेतृत्वको अघिल्लो सरकारले कानुन सम्मत ढंगले सो आयोग गठन गरेको दावी समेत गरिन् । उनले भूमि ऐनको आठौ संशोधन गरेर भूमिहिनको समस्या समाधान गर्न सो आयोग गठन गरेपनि वर्तमान सरकारले विघटन गरेर भूमिहिनमाथि लात हानेको आरोप समेत लगाइन् । नेतृ अर्यालले भनिन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएलगत्तै भूमिहिन गरिव नागरिकमाथि लात हानेर गम्भिर चोट पु¥याउनु भयो । यो सरासर गल्ती कुरा थियो । यो आयोग कानुनसम्मत छ कि छैन ? भन्ने कुरा छाडि दिऊ । केही कुरा नपुगे संशोधन गरेर अघि बढन सकिन्थ्यो । आयोगको नै विघटन गर्नुपर्ने छ र ? गठन आदेश संविधानसम्मत नभए सच्याउन सकिन्थ्यो । कानुन संशोधन गर्न परे संसदमा लग्न सकिन्थ्यो । यसका लागि पनि आयोग विघटन होइन्, ऐन संशोधन गर्न सकिन्थ्यो । यसले यो सरकारको नियत नै खराव देखिन्छ ।’

नेतृ अर्यालले वर्तमान सरकारले नयाँ आयोग बनाउने भनेपनि भूमिहिनहरुको समस्याभने समाधान गर्न नसक्ने दावी समेत गरिन् । आफ्ना कार्यकर्ता भर्ती गर्न वर्तमान सरकारले आयोग गठन गर्न सक्ने भएपनि ती भूमिहिनहरुको समस्या भने समाधान गर्न नसक्ने उनले पटक पटक दोहो¥याइन् । नेतृ अर्यालले ओली नेतृत्वको सरकारले गठन गरेको आयोग विघटन गर्नुको हतारो आफ्ना राजनीतिक कार्यकर्ता भर्ती गर्नु रहेको पुष्टि भएको पनि बताइन्। उनले भनिन्, ‘फेरी अर्को आयोग गठन गर्ने हो भने उहाँहरुलाई हतारो के रैछ त भन्दाखेरी आफ्नो कार्यकर्ता भर्ती गर्नु । त्यही कारणले सो आयोग विघटन गरेको रैछ भनेर बुझ्नु प¥यो नि ? लाभग्राही तिनै हुन । काम त्यही गर्ने हो भने किन विघटन गरेको ?’

नेतृ अर्यालले भूमिहिनहरुको समस्या समाधान गर्न रफ्तारले काम गरिरहेको आयोग विघटन गरेर सरकारले मुद्दा मामिलाको विषय बनाएको भन्दै आक्रोश समेत व्यक्त गरिन् । उनले भनिन्, ‘अव यो मुद्धा मामिलाको विषय बन्यो । अदालतले के भन्ला, त्यो अदालको विषय भयो । तर भूमिहिन जनताले त दुःख पाएन नि । उनीहरुलाई त ढिला भयो नि । वर्तमान सरकारले भूमिहिनहरुको समस्या समाधान गर्न चाहेन । आफ्नै पार्टी नेतृत्वको सरकार नआई यो समस्या समाधान हुन सक्दैन ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top