सुन्दर यातायातले नेपालमै विद्युतीय बस उत्पादन गर्दै, एक बर्ष भित्रै चढ्न पाइने

२३ साउन, बुटवल ।
अबको एक बर्ष भित्रमा नेपालमा बनेको विद्युतीय बस चढ्न पाइने भएकाे छ । सुन्दर यातायात प्रालिले रुपन्देहीको सैनामैनामा विद्युतीय गाडीको एसेम्बल प्लान्ट सञ्चालन गरेर बस उत्पादन गर्न लागेको जनाएको छ ।

विद्युतीय गाडी आफै बनाएर सञ्चालन गर्ने योजनाका साथ सुन्दर ट्रेडर्स प्रालिले सुरुमा ६ अर्बको लगानी गर्न लागेको छ । शुक्रबार प्रालिले गाडी उत्पादन गरिरहेको कम्पनी काशिस ई मोविलिटी प्रालि नयाँदिल्लीसँग विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सम्झौता गरेको छ ।

सम्झौतामा सुन्दर ट्रेडर्सको तर्फबाट अध्यक्ष भेषवहादुर थापा र काशिसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविकुमार पाँगाले हस्ताक्षर गरेका छन् ।

Advertisement

सुन्दर ट्रेडर्स प्रालिका सञ्चालक डीआर घिमिरेले नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको वातावरणमैत्री विद्युतीय सवारी साधनहरू निकट भविष्यमै रुपन्देही लगायत लुम्बिनी प्रदेशका सहरमा देख्न र प्रयोग गर्न सकिने अवस्था आएको बताए ।

चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनी र नेपालको सुन्दर अटो इन्जिनियरिङ प्रालिको सहकार्यमा नेपालमा विद्युतीय सवारी साधन उत्पादन हुन लागेको हो ।

सम्झौता अनुसार दुई वर्षमा ५ सय साधनहरू चल्ने र एक वर्षभित्र नेपाली ब्रान्डका विद्युतीय बसहरू बजारमा गुडाइने छ । सम्झौताको ६० दिनभित्र २० वटा बस नेपाल आइपुग्नेछन् । पहिलो पटक ल्याइने बसहरू तयार भएका ल्याइने भए पनि बाँकी ८० वटा बसको चेसिस र थप ४ सय वटा सैनामैनामै एसेम्वल गरेर उपलब्ध गराइने छ ।

सुन्दर ट्रेडर्सका अध्यक्ष भेषवहादुर थापाले कोरोनाका कारण ढिला भए पनि अबको एक वर्षभित्र नेपालबाटै विद्युतीय बस उत्पादन हुने विश्वास व्यक्त गरे ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top