×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

टोकियो ओलम्पिकको भव्य समापन, अमेरिका शीर्ष स्थानमा (फाेटाे फिचरसहित)

२५ श्रावण २०७८

२५ साउन, काठमाडौं ।
तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक २०२० को भव्य समापन गरिएको छ । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको हो ।

जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको बावजुद पनि आयोजक जापानले विश्व खेलकुदको कुम्भमेलालाई राम्रोसंग आयोजना गर्न सफल भयो । कोरोना महामारीका कारण टोकियो ओलम्पिक एक वर्षपछि आयोजना गरिएको हो । हरेक चार चार वर्षमा आयोजना हुने ओलम्पिकको ३३औं संस्करण अब ३ वर्षपछि फ्रान्सको पेरिसमा हुनेछ ।

Advertisement
Advertisement

ओलम्पिकमा शरणार्थी टिमसहित विश्वभरका २०५ देशका करिब ११ हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जापानमा समापन हुँदा पेरिसमा पनि ह्याण्डओभर कार्यक्रम आयोजना गरिएको थियो ।

सन् १९६४ मा पहिलो पटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि ओलम्पिकको सफल आयोजना गरेको हो ।

 

अमेरिकालाई शीर्ष स्थान

टोकियो ओलम्पिकमा चीनलाई पछि पार्दै अमेरिकाले शीर्ष स्थानमा रहेर अन्त्य र्गयो । अमेरिकाले ३९ स्वर्ण, ४२ रजत र ३३ कास्यसहित कुल ११३ पदक जित्यो । चीन ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक जित्दै दोस्रो भयो ।

यस पटक आयोजक जापानले पदक तालिकामा फड्को र्मायो । यसअघि एकै संस्करणमा १६ स्वर्ण भन्दा बढी जित्न नसकेको जापानले यस पटक घरेलु भूमिमा २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी कुल ५८ पदक जित्दै तेस्रो स्थान हासिल र्गयो ।

यस्तै ग्रेट ब्रिटेन २२ स्वर्ण २१ रजत र २२ कास्यसहित कुल ६५ पदक जितेर चौथो भयो । रुस डोपिङ प्रतिबन्धमा परेकोले यस पटक रसियन ओलम्पिक कमिटी ९आरओसी० को नामबाट ओलम्पिक खेलेको रुसले २० स्वर्ण, २८ रजत र २३ कास्यसहित कुल ७१ पदक जितेर पाँचौं भयो ।

दक्षिण एसियाली राष्ट्र भारतले पनि उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण, २ रजत र ४ कास्यसहित कुल ७ पदक जित्यो । नेपाल भने यस पटक पनि सहभागितामै सीमित रह्यो ।

नेपालबाट टोकियो ओलम्पिकमा चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा पौडी खेलाडी एलेक्स शाह र गौरिका सिंह , सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमानमा सुधार गरे ।

एथ्लेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा आफ्नै समय सुधार गर्न सकिनन् । जुडोकी सोनिया भट्ट पहिलो चरणमै रसियन खेलाडीसंग पराजित भइन् ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top