गगनको प्रश्न : कक्षा १२ परीक्षा स्थगित र अन्य सञ्चालन गरिनुको आधार के हो ?

२५ साउन, काठमाडौँ ।
पूर्वस्वास्थ्य मन्त्री तथा कांग्रेस सांसद गगन थापाले कोरोना संक्रमणको जोखिम रहेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गर्ने तर अरु परीक्षा भने नरोकिएको भन्दैै असन्तुष्टि व्यक्त गरेका छन् ।

Advertisement

सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै कक्षा १२ को परीक्षा स्थगित गर्नु र अन्य परीक्षा सञ्चालन गर्नुकोे आधार र तर्क के हो ? भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्यो ।’

Advertisement

स्वास्थ्य मन्त्रालयको सिफारिसमा शनिबार साउन ३१ गतेदेखि हुने परीक्षा राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेको थियो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगित गराउन जोडबल गरेका थिए ।

त्रिविले भदौ पहिलो सातामा तोकिएका परीक्षा सञ्चालन गर्ने प्रस्ट्याएको छ । स्वास्थ्य मन्त्रालयले भने सबै परीक्षा स्थगित गर्न सुझाव दिएको थियो ।

Advertisement

शिक्षा मन्त्रालयका अधिकारीहरुले परीक्षा स्थगित गर्दा शैक्षिकसत्र नै गुम्ने जोखिम रहेको औंल्याएका छन् । बाहिरको दबाबका कारण परीक्षा स्थगित गर्नुपरेको उनीहरुको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top