देउवालाई दबाब दिन कांग्रेस संस्थापन ईतर सभापतिहरुको भेला

२५ साउन, काठमाडाैँ ।

सत्तारुढ दल नेपाली काँग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा सुरु भएको छ । पार्टीको महाधिवेशन र मन्त्रीपरिषद विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्ष इतर जिल्ला सभापतिहरुको भेला सुरु भएको हो ।

सोमबार काठमाडौंको ठमेलस्थित एक होटलमा जारी भेलामा ३५ जना भौतिक रुपमा र ११ जना भर्चुअल गरी ४७ जना जिल्ला सभापतिहरु सहभागी हुनु भएको भेलामा सहभागी नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति सबुज बानियाँले जानकारी दिए । उनले भने, ‘महाधिवेशनको सन्दर्भ पनि आएको छ । सरकार पनि पार्टीले चलाउन पाएको छ । यी दुईटै कुरामा केन्द्रित भएर छलफल गरिनेछ । सरकारलाई गतिशील बनाई जनताले चाहे अनुसारको काम गर्न लगाएर सफल बनाउने र पार्टीलाई गतिशील बनाउने गरी समक्ष नेतृत्व चयन हुने गरी पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्ने बारे बैठकले आवश्यक निर्णय लिनेछ ।’

२ दिनसम्म चल्ने भेलाले लिएको निष्कर्ष पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुलाई बुझाउने तयारी गरिएको छ ।

काँग्रेसको आसन्न १४ औं महाधिवेशनको मिति सर्ने अवस्था भएपछि समयमै महाधिवेशन सम्पन्न गर्न नसकेको भन्दै सभापति देउवाविरुद्ध वरिष्ठ नेता पौडेल पक्ष आक्रोशित भएको छ । त्यसैगरी सरकारलाई पूर्णता दिने विषयमा पनि प्रधानमन्त्री देउवाले आवश्यक छलफल नगरेको पौडेल पक्षको आरोप छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top