घरकाे पर्खाल लगाउने क्रममा लडेर एक जनाकाे मृत्यु, एक घाइते

२५ साउन, सुनसरी ।
सुनसरीको कोशी गाउँपालिका–५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको घरमा पर्खाल लगाउने क्रममा पर्खालसहित लड्दा एक जना मस्त्रिको मृत्यु भएको छ ।

Advertisement

नयाँ घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खालसहित लड्दा ईनरुवा नगरपालिका १० जल्पापुरका ३७ बर्षीय ईशादिल अंसारीको घटनास्थलमै मृत्यु भएको हो ।

आज दिउँसो १ बजे भएको सो घटनामा देवानगंज गाउँपालिका–३ का २४ बर्षीय मो. सतार अंसारी घाइते भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भईरहेको छ ।

Advertisement

घटनास्थलमा ईलाका प्रहरी लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top