२५ साउन, काठमाडौं ।
लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नहुने भएका छन् । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए । हालसम्म परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको उनले बताए ।
आयोगले आ.व. २०७६–०७७ र आ.व. २०७७–०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।