कार्लोस ब्रेथवेट र शोएब मलिकले इपिएल खेल्ने

२५ साउन, काठमाडौँ ।
वेस्टइन्डिजका स्टार अलराउन्डर कार्लोस ब्रेथवेट र पाकिस्तानका अनुभवी ब्याट्सम्यान शोएब मलिकले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल) खेल्ने भएका छन् । आयोजकले सोमबार एक पत्रकार सम्मेलन गर्दै आगामी असोज ९ देखि टियु मैदानमा सुरु हुने प्रतियोगितामा विश्वकप विजेता ब्रेथवेट र मलिकलले इपिएल खेल्ने पक्का भएकोे जनाएको छ । उनीहरु कुन टोलीबाट खेल्छन् भन्ने सार्वजनिक गरेको छैन ।

वेस्टइन्डिजका ब्रेथवेट २०१६ को टि२० विश्वकप जिताउँदा नायक हुन् । उक्त फाइनलमा अन्तिम ओभरमा १९ रन चाहिँएको अवस्थामा इंग्ल्यान्डका बेन स्टोक्सलाई लगातार चार छक्का प्रहार गर्दै ब्रेथवेटले टि२० विश्वकप जिताएका थिए ।
मलिक पाकिस्तानका सर्वाधिक सफल टि२० खेलाडी हुन् । तीव्र गतिसँगै ब्रेथवेट राम्रो ब्याटिङको क्षमता राख्छन् । सन् २०१९ को एकदिवसिय विश्वकपमा ब्रेथवेटले न्युजिल्यान्डविरुद्ध सानदार शतकीय इनिङ खेलेका थिए । ब्रेथवेटले वेस्टइन्डिजबाट तीन टेस्ट, ४४ ओडिआई र ४१ टि२० आई खेलेका छन् ।

मलिक पाकिस्तानका पूर्व कप्तान हुन् । २००९ को टि२० विश्वकप पाकिस्तानलाई जिताउन मलिकको प्रदर्शन उच्च थियो । उनले पाकिस्तानबाट ३५ टेस्ट, २ सय ८७ ओडिआई, १ सय १६ टि२० आई र ४ सय २५ टि२० खेल खेलेका छन् । मलिक टि२० आई सर्वाधिक धेरै खेल खेल्ने विश्वका खेलाडी हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top