देउवालाई हात जोड्दै ओलीले भने: मेरो पार्टीका सांसदलाई मन्त्री दिनुस्, प्लिज !

देउवालाई हात जोड्दै ओलीले भने: मेरो पार्टीका सांसदलाई मन्त्री दिनुस्, प्लिज !

२६ साउन, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पाउँला र खाउँला भनेर प्रधानमन्त्री शेरबहादुर देउवाको पछि लाग्नेहरुलाई मन्त्री बनाइदिन व्यंग्यात्मक आग्रह गरेका छन्। मंगलबार प्रतिनिधि सभामा आफ्नो सम्बोधनको अन्तिममा उनले मन्त्री बनाइदिनु भनेर दुई पटक हातसमेत जोडेका थिए।

‘तिनीहरुलाई मन्त्री दिनुस् न। किन बिलम्ब गर्नुभएको? हिरिक्‌हिरिक् भएका छन् विचराहरु, मन्त्री खानका लागि। प्लिज (हात जोड्दै) यति त गराइसक्नुभयो। पछि त लगाइसक्नुभयो। पछिपछि हिँडेका छन्, हिँडेका छन्। कुदेका छन्, कुदेका छन्। फ्याँफ्याँफ्याँफ्याँ, स्वाँस्वाँस्वाँस्वाँ गरेका छन्। मन्त्री खान पाऊँ भनेका छन्। बिहान बेलुकै चाकरीमा हाजिर भएका छन्। मन्त्री दिनुस् प्लिज (हात जोड्दै)। दिनुस्’, उनले भने।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका २२ सांसद्हरुले फ्लोर क्रस गरेर मत दिएका थिए। केहीले मन्त्री बनाइदिन देउवालाई आग्रह गरेको समाचारहरु सार्वजनिक भएपछि ओलीले उनीहरुलाई मन्त्री बनाइदिन भनेका हुन्।

त्यसरी मन्त्री बनाइदिँदा आफ्नो पार्टीलाई घाटा हुने भए पनि सहने ओलीको भनाइ छ। उनले भने, ‘मेरो दलमा अलिकति घाटा भए पनि सहुँला, बुझाउँला।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.