दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई माथ गरेर नै अगाडी बढ्नेछौँ : माधव नेपाल

२६ साउन, काठमाडाैँ ।

Advertisement

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिवद्धता गरेका छन् । मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परिक्षामा सर्वोत्कृष्ट अंक हाशिल गरेको सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले कर्णालीका आफु पक्षीय नेताहरुले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपनिर्वाचन भएमा नेताहरुलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताए ।

उनले कर्णालीका नेताहरुको साथमा आफु रहेको भन्दै दृढताका साथ अगाडी बढ्न पनि आग्रह गरे। उनले भने – ‘अहिले हाम्रो कर्णाली प्रदेशका मन्त्रीज्यूले बताउनुभयो की, उहाँले बडो हिम्मतका साथ, साहसका साथ गलत कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो । उहाँहरुको प्रदेश सभाको सदस्यता धरापमा छ । र मैले भनिसकेको छु तपाईहरुको सदस्यता धरापमा छ भने यदी तपाइहरुको सदस्यता खारेज भयो भने अनि उपनिर्वाचन भयो भने तपाईहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ । त्यसो हुनाले तपाइहरु दृढताका साथ अगाडी बढ्नुस् । हामी साथमा छौँ ।’

Advertisement

वरिष्ठ नेता नेपालले आफुहरु कसैको सामु शिर नहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पारे । आफुहरु दृढताका साथ अगाडी बढ्ने उनको भनाई छ । उनले भने – ‘हामी अगाडी बढ्छौँ दृढताका साथ । शिर निहुराउने छैनौँ । कसैको टाङमुनि छिर्ने छैनौँ । अध्यारो सुरुङमा जानेवाला छैनौँ । दम्भि, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर नै तिनलाई माथ गरेर नै अगाडी बढ्नेछौँ ।’

उनले दम्भ र अहंकारका साथ गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर आफुहरु अगाडी बढ्ने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top