अन्तरजातीय प्रेम विवाहको अन्तर्यः प्रेमीले धोखा दिए, प्रेमिकाले प्राण त्यागिन्

२७ साउन ७८, बुधबार
Share this
702shares

काठमाडौं : जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाई न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’ ज्योती पासवानले प्रेम गरिन्। र, प्रेम गरेको ‘अपराध’ मा महिनौं ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहिन्। अन्ततः आफ्नो प्रेमलाई जीवन्त राख्न आफ्नो प्राण त्याग गरिन्। भनिन्छ नि प्रेममा कोहि मर्छन्, कोहि बाँच्छन्। ज्योती मरेर आफ्नो प्रेमको ज्योतीलाई ज्वलन्त राखिन्।

Advertisement

सप्तरीको सुरुङ्गा नगरपालिका–७, पोखरियाकी ज्योती पासवानले शनिबार आफ्नै घरमा पासो लगाएर प्राण त्यागेकी छिन्। ज्योती र सोही ठाउँका कृष्ण मिश्रबीच प्रेम सम्बन्ध थियो। उनीहरुबीचको प्रेम गाउँका धेरैलाई थाहा थियो। ज्योती पासवान दुसाध जातकी थिइन्। यो जातीलाई मधेसी समाजमा दलित भनिन्छ। कृष्ण मिश्र मैथिल ब्राह्मण जातका हुन्। मधेसी समाजमा यो जातीलाई उच्च जात भनिन्छ। सामाजिक जातीय घेरा नाघेर ज्योती र कृष्ण प्रेमको अलग्गै संसार बनाउने सपना देखेका थिए।

तर कृष्णको परिवारले दलित केटीलाई बुहारी बनाएर भित्र्याउन मानेनन्। र, ज्योतीलाई बिहे गरे सम्पत्तिबाट बेदखल गरिदिने चेतावनी कृष्णको परिवारले उनलाई दिए। कृष्णको परिवारले दलित केटीसँग कुनै हालतमा विवाह गर्न नदिने अडान राखेपछि कृष्ण ज्योतिलाई लिएर गत फागुनमा कृष्णले गाउँ छाडे। सामाजिक रिवाजअनुसार छोरीको विवाह गर्न नपाएपछि आफूहरुले सोचेजस्तो विवाह गरिदिन नपाए पनि छोरीको दाम्पत्य जीवन सुखमय बितिरहेको सुनेर आमा इनरबत्ती र बुवा प्रमोद पासवान सन्तोष महसुस गर्थे। बेटी जमाइसँगे बात केलापर बहुत खुसी हाइछल(छोरी ज्वाइँसँग कुरा गर्दा खुसी महसुस हुन्थ्यो इनरबत्तीले भनिन्,‘नै सोचने रहि जे प्यारके बदलामे बेटीके जान दिय परतै(सोचेकि थिइनँ प्यारको बदला छोरीको ज्यान हुन्छ ।’,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top