झन्डै २९ लाखले लगाए कोरोनाविरुद्ध पूर्णखोप

२७ साउन ७८, बिहीबार

काठमाडौं: हालसम्म २८ लाख ८८ हजार ३ सय ६० जनाले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० लाख ८३ हजार ४ सय ३ जनाले भेरोसिल खोपको पूर्ण मात्रा लगाएका छन् ।

Advertisement

यस्तै, ५ लाख ९७ हजार ८ सय १९ जनाले कोभिसिल्ड र १२ लाख ७ हजार १ सय ३८ जनाले जोन्सन एन्ड जोन्सन खोपको पूर्ण मात्रा लगाएका छन् ।

नेपालमा हाल कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप उपयोगमा आएको छ । अहिलेसम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १७ लाख ५६ हजार ७ सय ६३ लाई कोभिड खोप लगाउने लक्ष्य लिएको छ । जसमध्ये हालसम्म २१ दशमलव १ प्रतिशतले पहिलो मात्रा र १३ दशमलव २८ प्रतिशतले दोस्रो मात्रा खोप पाएका हुन् ।

यस्तै, स्वास्थ्य मन्त्रालयले विद्यार्थीलाई खोप उपलब्ध गराउने निर्णय गरेको छ । परीक्षा भइरहेका विश्वविद्यालयका विद्यार्थीले प्रवेशपत्रको आधारमा खोप लगाउन पाउने भएका हुन् । यसअघि २५ साउनमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी युनियन र अखिल छैठौंले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीहरूलाई खोप दिने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

Advertisement

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा तारानाथ पोखरेलले विद्यार्थीहरूलाई प्रवेशपत्रका आधारमा खोपको पहिलो मात्रा उपलब्ध गराउन सबै स्वास्थ्य कार्यालयलाई परिपत्र गरिएको बताए ।, याे समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top