२८ साउन, एजेन्सी ।
अफगानिस्तानको विद्रोही समूहले गएराती कन्दाहारस्थित जेल तोडेर आफ्नो संगठनका राजनीतिक वन्दीहरुलाई मुक्त गरेको छ ।
यसअघि पनि बारम्बार उक्त जेलमा आक्रमण गर्ने कोशिस गर्दै आएका तालिवान लडाकुले बुधबार राती कान्दाहार जेल तोड्न सफल भएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त जेलमा तालिवानका महत्वपूर्ण नेता तथा लडाकुहरु राखिएकाले जेल विद्रोहीको निशानमा थियो । जेलबाट कति जनालाई भगाइयो भन्ने उल्लेख नगरिए पनि तालिवानले जेल ब्रेकको भिडियो सार्वजनिक गरेका छन् ।
देशको झण्डै दुई तिहाई भूभागमा कब्जा जमाईसकेको विश्वास गरिएको तालिवान समूह तीब्र गतिमा राजधानी काबुलतर्फ अघि बढेको पनि समाचारमा जनाइएको छ ।
यसैबीच, अफगान राष्ट्रपति असरफ गनीले राष्ट्रिय सेनाका प्रधान सेनापति वाली अहमदजानीलाई बर्खास्त गरेर नयाँ प्रधानसेनापतिमा हिबातुल्लाह अलिजाईलाई नियुक्त गर्नुभएको छ ।
