कर्तव्य पालनाको शिलशिलामा विनम्र बन्नुस् तर कमजोर नबन्नुस् : आईजीपी थापा

२७ साउन ७८, बिहीबार

२८ साउन, विराटनगर।

प्रहरी महानिरीक्षक(आईजीपी) शैलेश थापा क्षेत्रीले आफ्नो जिम्मेवारी वहन गर्दै कर्तव्य पालनाको शिलशिलामा विनम्र बन्ने तर कमजोर नबन्न जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको बुधबार अवलोकन भ्रमणको क्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न , हिरासत व्यवस्थापनतर्फ विशेष ध्यान दिन उल्लेख गर्दै लागूऔषध ओसारपसार रोकथाम तथा नियन्त्रण गर्न विशेष चनाखो हुनुपर्ने र महिला तथा बालबालिका माथि हुने हरेक घटनालाई गम्भीरता पूर्वक लिन समेत उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्दै नागरिक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका व्यक्तित्वहरुसँग समन्वय गरी शिष्ट व्यवहारका साथ नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागि पर्न बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अनुसन्धान पद्धतीलाई प्रविधीमैत्री, प्रमाण र परिणाममूखी बनाउँदै सुरक्षा व्यवस्था मिलाउन सशक्त रुपमा काम कारवाही गर्न समेत निर्देशन दिए। बाढी, पहिरो, डुवान लगायतका घटनामा उद्धार टोली र उद्धार सामग्रीहरु सहित तयारी अवस्थामा रहन तथा कोभिड-१९ को रोकथाम तथा नियन्त्रणतर्फ विशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत उनले निर्देशन दिए।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले समग्र प्रदेशको बारेमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी एवं जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो जिल्लाको बारेमा प्रस्तुतीकरण गरेका थिए । सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले १ नम्बर प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूसँग अन्तर्क्रिया समेत गरेका थिए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बुधबार १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको निरीक्षण गर्नुका साथै तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारी एवं प्रशिक्षार्थीहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए । सोही अवसरमा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीले तालिम केन्द्रको गतिविधी सम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top