उपराष्ट्रपति कार्यालयमा कार्यरत शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ

२७ साउन ७८, बिहीबार

२८ साउन, काठमाडौं ।
उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भन्दै ठगी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-७ बस्ने डोटी केआईसिंह गाउँपालिका-६ घर भएका २६ वर्षीय किशोर भट्ट/कुशल भट्ट भन्ने केशवराज भट्टलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

केशवराजले निजामती कर्मचारीको पोशाक लगाएर उपराष्ट्रपति कार्यालयको नाम दुरुपयोग गरि बिभिन्न व्यक्तिहरुलाई झुक्याइ ठगी गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई कलंकी स्युचाटारबाट पक्राउ गरेको हो ।

उनी २०७५ चैत २६ गते साइबर क्राइम र ठगी मुद्दामा पक्राउ परी १ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको सजाय भुक्तान गरिसकेको तथा कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत् चिनजान गरि साथी बनि आफू परराष्ट्र मन्त्रालयको सह-सचिव समेत हुँ भनि विश्वासमा पारी ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनको साथबाट प्रहरीले १ थान विद्यार्थी परिचयपत्र, १ थान ब्लड ग्रुप कार्ड, १ थान एटिएम कार्ड र १ थान मोबाइल समेत बरामद गरेको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top