बाँके राष्ट्रिय निकुञ्जमा गाडीको ठक्करबाट ३५८ वन्यजन्तु मारिए

२७ साउन ७८, बिहीबार

२८ साउन, बाँके ।

बाँके जिल्लाको निकुञ्जभित्रको राजमार्ग वन्यजन्तुका लागि विद्युतीय धरापजस्तै खतरा भएको छ । पछिल्लो सात वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा प्रत्येक वर्ष राजमार्गमा गाडीको ठक्करबाट मारिने वन्यजन्तुको सङ्ख्या बढ्दो छ । तीव्र गतिमा चलाइने सवारी साधनका कारण राजमार्गमा वन्यजन्तु मारिने क्रम रोकिएको छैन ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्ने पूर्वपश्चिम राजमार्ग र कोहलपुर–सुुर्खेत सडक खण्डअन्तर्गत रत्न राजमार्गमा गुड्ने यातायातका साधनका कारण पछिल्लो सात वर्षमा सवारी दुर्घटनामा परी ३५८ वन्यजन्तु मारिएका छन् । आर्थिक वर्ष ०७७/०७८ मा मात्र पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गमा गुड्ने यातायातका साधनले ४३ वटा वन्यजन्तुको कुल्चेर ज्यान गएको छ । गत आवमा अन्य कारणले २५ वटा वन्यजन्तुको मृत्यु भएको छ ।

“निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तुका लागि जोखिम बनेका छन्”, निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले भने, “तीव्र गतिमा गुड्ने यातायातका साधनले सडक वारपार गरिरहेका वन्यजन्तुलाई कुल्चेर भाग्ने गर्छन् ।” राजमार्गमा यातायातका साधन तीव्र गतिमा गुड्ने भएकाले सडक वारपार गर्ने क्रममा वन्यजन्तु दुर्घटनामा पर्ने गरेको उनले बताए । यसरी यातायातका साधनले कुल्चेर मर्नेमा सबैभन्दा धेरै चित्तल, बँदेल र बाँदर प्रजातिका वन्यजन्तु रहेका छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत न्यौपानेले राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापरबाहीले वन्यजन्तु जोगाउन मुस्किल परेको बताए । उनले सबैभन्दा बढी सडक दुर्घटनामा परी पूर्वपश्चिम राजमार्गमा मारिने गरेको बताए ।

निकुञ्जमा पूर्वपश्चिम राजमार्गले ७२ किलोमिटर र उत्तर दक्षिणको रत्न राजमार्गले ३२ किलोमिटर निकुञ्जभित्रको वन क्षेत्र ओगटेको छ । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७१–०७२ मा सडक दुर्घटनामा परी १६ वटा वन्यजन्तुले ज्यान गुमाएका थिए भने उक्त आवमा कुकुरको टोकाइ तथा अन्य कारणबाट चार–चार वटा मारिएका थिए । सडक दुर्घटनामा परी आव ०७२–०७३ मा परी ४३ र कुकुरको टोकाइबाट तीन र अन्य कारणले चार वटा वन्यजन्तुको मृत्यु भएको थियो ।

त्यसैगरी आव ०७३–०७४ मा सडक दुर्घटनामा परी ६१ र कुकुरको टोकाइबाट सात तथा अन्य कारणले १५ वन्यजन्तुको मृत्यु भएको थियो । यातायातका साधनको ठक्करले मृत्यु हुने वन्यजन्तुको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । आव ०७४–०७५ मा बढेर ७२ वन्यजन्तुको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । सोही आवमा कुकुरको टोकाइबाट चार र अन्य कारणले छ वटा वन्यजन्तुले ज्यान गुमाए ।

सहायक संरक्षण अधिकृत न्यौपानेका अनुसार आव ०७५–०७६ मा सडक दुर्घटनामा ४४ वन्यजन्तुको मृत्यु हुँदा कुकुरको टोकाइबाट १३ र अन्य कारणले नौ वन्यजन्तुले ज्यान गुमाउनुपरेको थियो । आव ०७६–०७७ मा ५४ र गत आवमा ४३ वन्यजन्तुको सवारी दुर्घटनामा परी मृत्यु भयो भने गत आवमा कुकुरको टोकाइबाट २५ वन्यजन्तुको मृत्यु मारिए ।

निकुञ्जमा टाइम कार्ड र आकाशे पुल निर्माण

सवारी साधनबाट वन्यजन्तु मारिने क्रम नरोकिएपछि निकुञ्जले राजमार्ग क्षेत्रमा टाइम कार्डको व्यवस्था गरेको छ । राजमार्गमा गुड्ने सवारी साधनको गति कम गरी वन्यजन्तुलाई जोगाउन टाइम कार्डको व्यवस्था गरिएको सहायक संरक्षण अधिकृत न्यौपानेले बताए ।

निकुञ्जले वन्यजन्तुलाई जोगाउन राजमार्गको विभिन्न क्षेत्रमा सचेतनामूलक होर्डिङ बोर्डसमेत राखेको छ । होर्डिङ बोर्ड र टाइम कार्डको व्यवस्था गरिए पनि दुर्घटना रोकिएको छैन । सडक दुर्घटनाबाट जोगाउन निकुञ्जमा पर्ने राजमार्गको विभिन्न ठाउँमा आकाशे पुल (क्यानोफी ब्रिज) समेत बनाइएको छ । वन्यजन्तुको बढी ओहोरदोहोर हुने ठाउँमा आकाशे पुल निर्माण गरिएको हो ।

“लोखर्के, बाँदर, सर्प, मुसा प्रजातिका वन्यजन्तु सडक दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले निकुञ्जमा पर्ने राजमार्गको विभिन्न स्थानमा आकाशे पुल निर्माण गरेका छौँ”, सहायक संरक्षण अधिकृत न्यौपानेले भने, “सवारी साधनको गति मापन गर्न राडार गन ल्याउने तयारी छ ।” पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको मुलुकको सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज बाह्रै महिना पानी बग्ने नदी र खोलाविहीन छ । जसका कारण गर्मी सुरु भएसँगै वन्यजन्तु पानीको खोजीमा निकुञ्ज बाहिर निस्किने गर्छन् ।

वन्यजन्तुका लागि प्राकृतिक र कृत्रिम गरी निकुञ्ज क्षेत्रमा करिब १०० भन्दा बढी पानीका स्रोत छन् तर अधिकांश खोला खहरे भएकाले वर्षापछि सुक्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले निकुञ्जभित्रका पानीका तीन तिहाइ स्रोत सुकिसकेको बताए । “एक चौथाइ पानीका स्रोतमा धेरै थोरै पानी छ । बाँकी सुकिसके । अरु सुक्ने क्रममा छन्”, उनले भने, “गर्मीसँगै निकुञ्जमा वन्यजन्तुको चहलपहल बढी देखिन थालेको छ । पानीका कारणले पनि वन्यजन्तुको चहलपहल हुन सक्छ ।”रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top