×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

विश्व हात्ती दिवस : वन र वन्यजन्तुको संरक्षण गर्दैछ हात्ती

२८ श्रावण २०७८

२८ साउन, काठमाडाैँ ।

पर्यटकलाई वन जङ्गल घुमाउने हात्ती आफैले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ । जङ्गलको जनावर भएर पनि वन पाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो ।

Advertisement
Advertisement

त्यसो त यसलाई राणाहरुले सिकार खेल्न समेत प्रयोग गरे । नेपालका तराई क्षेत्रका निकुञ्ज र संरक्षित क्षेत्रको संरक्षणमा यसको प्रयोग हुँदै आएको छ । राजा, राणा र साहु महाजनले तत्कालीन समयमा शोख र सिकारका लागि प्रयोग गर्ने हात्ती पछिल्ला वर्षमा वन र वन्यजन्तु संरक्षणमा उपयोग गरिँदै आएको छ ।

नेपालका तराईमा रहेका ६ वटा राष्ट्रिय निकुञ्ज र आरक्ष संरक्षणमा हात्तीको प्रयोग गरिँदै आएको छ । देशकै पहिलो चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको तयारीकै बेलादेखि निरन्तर २७ वर्ष काम गर्नुभएका रामप्रित यादव हात्तीको महत्वको बारेमा चर्चा गरेरै नसकिने बताए । यो निकुञ्ज विसं २०३० मा विधिवत् रुपमा स्थापना भएको हो ।

यसै निकुञ्जमा तीन पटकसम्म प्रमुखको भूमिकामा रहेका यादव संरक्षणमा मात्रै नभएर हात्तीको ऐतिहासिक र धार्मिक महत्वसमेत रहेको बताउँछन् । पर्साको चारकोसे झाडीमा जङ्गबहादुर राणाले हात्ती समाउने गरेको चर्चा गर्दै भने, “रामायण र महाभारत जस्ता ग्रन्थहरूमा युद्ध गर्न हात्तीको प्रयोग गरिएको चर्चा पाइन्छ ।” हिन्दू धर्ममा महत्वपूर्ण मानिएको हात्ती सिकार हुँदै अहिले संरक्षणमा लगाइँदै आएको छ ।

यादवको भनाइमा चोरी सिकार नियन्त्रण, गस्तीदेखि सडक नपुगेका निकुञ्जका भित्री भागमा कर्मचारी र रासन पानी ओसार्न हात्तीको प्रयोग गरिन्छ । पहिले पहिले भारतको आसाम क्षेत्रमा हात्ती समाउन पाउने भए पनि पछिल्ला वर्षमा भारत सरकारले रोकेसँगै नेपालमा हात्ती किन्नुपर्दा महँगो भएको यादव बताउँछन् ।

यादवले भने– “हाम्रो बेलामा पाँच ६ हजारमा हात्ती पाइन्थ्यो, अहिले ८० लाखभन्दा बढी पर्छ रे ।” निकुञ्जमा ५६ वटा सुरक्षा पोष्ट रहेका छन् । तीमध्ये १६ वटामा हात्ती रहेका छन् । प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्ज सुरक्षामा हात्तीको भूमिका महत्वपूर्ण रहेको बताउँछन् । वर्षातको समयमा निकुञ्जका भित्री भागमा रहेका पोष्टलगायतका क्षेत्रमा गस्तीको माध्यम हात्ती मात्रै हुने गर्दछ । अहिले निकुञ्जमा भएका पोष्टमध्ये २० वटा बाहेक अन्यत्र कर्मचारी ओहोरदोहोर, रासन पानी ओसारपसार लगायतका कार्य हात्तीले गर्दै आएका छन् ।

वर्षा होस् वा हिउँद वन्यजन्तु घाइते हुँदा होस् वा नियन्त्रण गर्नुपर्दा हात्तीकै साहारा लिनुपर्ने बरालको भनाइ छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार यस निकुञ्जमा २३ पोथीसहित ५६ हात्ती छन् । तीमध्ये नौ वटा बच्चा बाहेक अधिकांश संरक्षणमा जुट्ने गर्दछन् । यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा ६८ वटा निजी हात्ती पर्यटक घुमाउन प्रयोग हुँदै आएका छन् । हात्ती बिनाको संरक्षण कल्पना गर्न नसकिने अधिकारीको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य नेपालका तराईका सबै निकुञ्ज सुरक्षामा हात्तीको प्रयोग हुँदै आएको बताउँछन् । निजी सहित २०० हाराहारी हात्ती नेपालमा रहेका छन् । सबैभन्दा बढी चितवनमा रहेका छन् भने त्यसपछि बर्दियामा १५ वटा छन् । कोशीटप्प वन्यजन्तु आरक्ष, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १०/१० वटा हात्ती रहेका छन् ।

सरकारी हात्तीमध्ये ११५ हाराहारी सुरक्षामा सुरक्षामा परिचालन गर्ने गरिएको छ । सौराहा नजिकै हात्ती प्रजनन केन्द्र रहेको छ । सोही केन्द्रमा हात्तीका बच्चा हुर्काउने र तालिम दिने गरिँदै आइएको छ । निकुञ्ज स्थापना हुनुअघि पनि वन क्षेत्रमा गस्तीका लागि हात्ती नै प्रयोग गर्ने गरेको आचार्य बताउँछन् ।

हात्ती गस्ती, पेट्रोलिङ, वन्यजन्तु अनुगमन, उद्धार, अनुसन्धानसँगै पर्यटनमा हात्तीको प्रयोग हुने गरेको उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जले गैँडा र बर्दियाले बाघ संरक्षणका लागि जोड दिँदै आएको छ भने पर्सा राष्ट्रिय निकुञ्जले हात्ती संरक्षणमा काम गर्दै आएको छ ।

Advertisement

वन्यजन्तुमा हात्ती सबैभन्दा ठूलो र बुद्धिमान जनावर हो । यो जनावर आफू सुरक्षित हुँदै अरुको सुरक्षा गर्न खटिँदै आएको छ ।रासस

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top