मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्णः प्रधानमन्त्री देउवा

२८ साउन, काठमाडौँ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।  ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिँदै उनले युवाको विचारले नै मुलुक र भावी सन्ततिको भविष्यको रेखा कोर्ने बताएका हुन्

प्रधानमन्त्री देउवाले युवाको नयाँ सोच, जाँगर र मेहेनतलाई सरकारले सदैव उच्च प्राथमिकतामा राखेको बताए। समुन्नत मुलुक बनाउने सरकारको योजनामा आ–आफ्नो ठाउँबाट हातेमालो गर्न सबैलाई आह्वान गर्दै उनले सूचना प्रविधिको विकाससँगै युवालाई थप सिर्जनशील क्षेत्रमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ भने । प्रधानमन्त्री देउवाले नेपाली युवालाई विकसित देशको परिकल्पनामा योगदान गर्न सकिने नवीन क्षेत्रको पहिचान गरी सरकारलाई सुझाव दिन र समुन्नत मुलुक निर्माणमा आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनसमेत अनुरोध गरे ।

युवालाई राज्यका हरेक गतिविधिमा सहभागी हुन आह्वान गर्दै उनले यस दिवसले विश्वभरका सबै जात, धर्म, लिङ्ग तथा समुदायका युवालाई जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए । प्रधानमन्त्री देउवाले युवामा रहेको क्षमता उजागर गर्ने मौका प्रदान गर्दै दिगो विकास लक्ष्यको सार्थक साझेदारका रूपमा युवा सहभागितालाई अगाडि बढाउने बताए ।

‘खाद्य प्रणालीमा रुपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाउन थालिएको छ । परिषद्ले आयोजना गरेको कार्यक्रममा लोकदोहोरी प्रतियोगिताका विजयलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

विश्वमा सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाइरहेको बेला नेपालमा भने २००४ देखि मनाउन थालिएको हो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव कमलप्रसाद पोखरेलले युवाको क्षमता विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या देखिएको बताए । उनले युवाको क्षमतालाई सीपअनुसार उद्यमशीलतासँग जोड्नुपर्ने बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले युवालाई स्वदेशमा नै रोजगारी दिनसके दैनिक एक हजारको सङ्ख्यामा युवा विदेशिनु नपर्ने अवस्था आउने बताउँदै युवाको जोश र जाँगरलाई मुलुकमा नै खचिर्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top