१६ वर्षपछि एक साथ अभिनय गर्दै भुवन केसी र शिव श्रेष्ठ

२८ साउन ७८, बिहीबार

२८ साउन, काठमाडौ।

Advertisement

चलचित्र ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुवन्धित भएका छन् । निशेषधाका कारण रोकिएको निर्देशक शोभित बस्नेतको उक्त चलचित्र  छायाङ्कन यही भदौ ५ गतेबाट सुरु गर्ने निर्माण पक्षले जनाइएको छ ।

केसीबाहेक चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमारलगायत अभिनय गर्ने पक्का भएकाे छ । करिब १६ वर्षपछि केसी र शिव श्रेष्ठले सहकार्य गर्न लागेका हुन्।

Advertisement

बुढा सुब्बाको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा नवराज गिरीले निर्माण गर्ने भएका हुन् । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायाङ्कन, शिव मुखिया र एलिश कार्कीको सङ्गीत, रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top