फिफा वरियतामा नेपालको सुधार

२८ साउन ७८, शुक्रबार

२९ साउन, काठमाडाैँ ।

फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले बिहीबार सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१ औँ स्थानमा रहेको थियो ।

नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अङ्क ९६८ रहेको थियो । अहिलेको नयाँ वरियतामा नेपालले चार अङ्क बटुल्दै ९७२ बनाएको छ ।

Advertisement

नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०५ औँ स्थानमा छ भने माल्दिभ्स १५८ औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । बङ्गलादेश १८८ औँ स्थानमा छ भने भूटान १८७ औँ स्थानमा छ । त्यस्तै पाकिस्तान १९८ औँ स्थानमा रहँदा श्रीलङ्का २०५ औँ स्थानमा छ ।

बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा इटाली पाँचौँ स्थानमा छ । अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top