पहाडको आलु तराईमा लोकप्रिय

२३ असार ७५, शनिबार
Share this
746shares

वीरगञ्ज, असार २३

Advertisement

खानामा स्वादिलो तथा मिठो हुने भएकाले पहाडको आलु तराईमा लोकप्रिय हुँदै गएपछि यसको माग पनि ह्वातै बढ्को छ । आलुको मुख्य भण्डारको रुपमा रहेका वीरगञ्जस्थित मीना बजारमा अहिले पहाडको पालुङबाट दैनिक १५ लाख मूल्य बराबरका पाँच टन आलु आउने गरेको जनाएको छ ।

भारतीय आलु भन्दा पालुङको नयाँ आलु खानामा स्वादिलो तथा मिठो हुने भएकाले वीरगञ्जमा यसको माग बढ्दै गएको मीना बजारस्थित आलुका थोकव्यापारी चन्द्रिकाप्रसाद रौनियारले बताए । यहाँ करीब १५ जना थोक व्यापारी छन् । तिनीहरु पालुङका आलु बेच्ने गरेका छन् । त्यति मात्र नभएर भारतीय बजारमा पनि पहाडको आलुका माग बढ्दै गएपछि यतिखेर सीमावर्ती भारतीय बजार रक्सौलका व्यापारीले टागामा लोड गरेर दैनिक एक टन आलु लाने गरेका छन् ।

Advertisement

अहिले पालुङको आलु स्थानीय बजारमा प्रतिकिलो रु ४० मा बिक्री भइरहेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top