कम्बोडिया पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने पक्राउ

१ भदौ ७८, मंगलबार
Share this
822shares

१ भदाै, काठमाडौं ।

Advertisement

नेपाल प्रहरीले कम्बोडिया पठाई दिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भिजिट भिषामा कम्बोडिया पठाउने भनी ठगी गर्ने काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-१ का २८ वर्षीय मीनध्वज भन्ने विचारमान मोक्तानलाई नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका मोक्तानले कम्बोडियाको क्यासिनोमा गार्डमा काम लगाई दिने भन्दै प्रतिव्यक्ति रु ६ लाख ५० हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनले ६ जना व्यक्तिलाई ठगी गरेको प्रहरीले जनाएकाे छ । पक्राउ परेका मोक्तानलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top