×

NEPAL TIMES UPDATES

Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026
Playing
अवैध घरटहरा हटाउन ४ हजार बढी जनशक्ति परिचालन|| Nepal Times
Apr 25, 2026
Playing
एकातिर वार्ता, अर्कातिर इरानी डुंगालाई देख्नेबित्तिकै गोली हा न्ने आदेश || Nepal Times
Apr 25, 2026
Playing
माननीय विश्वराजलाई मान पुगेन,महावीरले भने कि माफी माग कि फिर्ता बोलाउ|| Nepal Times
Apr 25, 2026
Playing
बस्ती खाली गरियो, सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 25, 2026
Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026

दोस्रो टेस्टमा इंग्ल्यान्डमाथि भारतको सानदार जित

१ भाद्र २०७८

१ भदाै, एजेन्सी ।

अन्तिम दिन उत्कृष्ट प्रदर्शनका साथ भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डमाथि १ सय ५१ रनको सानदार जित निकालेको छ । साेमबार फराकिलो जितसँगै पाँच टेस्ट खेलमा भ्रमण टोली भारतले १-० को अग्रता लिएको छ ।

Advertisement
Advertisement

लर्ड्स क्रिकेट मैदानमा जितको लागि २ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा ५१.५ ओभरमा १ सय २० रनमा अल आउट भएपछि फराकिलो हार बेहोरेको हो ।

इंग्ल्यान्डका कप्तान जो रुटले ६० बलमा ५ चौका सहित सर्वाधिक ३३ रनको योगदान दिए । जस बटलरले ९६ बलमा ३ चौका सहित २५ र मोईन अलीले १३ रन जोडे । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो इनिङमा २७ रनले अग्रता लिएको इंग्ल्यान्ड चौथो दिन सम्म बलियो अवस्थामा थियो । तर पाँचौं दिन ब्याटिङ र बलिङ दुबै नचल्दा पराजित हुन पुगेको थियो ।

इंग्ल्यान्डका दुबै ओपनर रोरी बन्र्स र डोम सिब्ले खाता नखोली आउट भएका थिए । पहिलो ओभरमै जस्प्रित बुमराहले बन्र्सलाई मोहम्मद शिराजबाट शून्यमा क्याच गराए । मोहम्मद शामीको अर्को ओभरको चौथो बलमा सिब्ले पनि पन्तबाट शून्यमा आउट भए ।

ईशान्तले हसिब हमिदलाई ९ रनमा क्याच गराए । ईशान्तले २२ औं ओभरमा जोनी बेयरस्टोलाई दुई रनमा एलबिडब्लू आउट गरेपछि इंग्ल्यान्ड दबाबमा परेको थियो । बराबरीमा रोक्ने इंग्ल्यान्डलाई राम्रो अवसर थियो । अर्को ओभरमा बुमराहले रुटलाई विराट कोहलीबाट क्याच गराएपछि इंग्ल्यान्ड समस्यामा परेको थियो । शिराजले मोईन अली र साम करनलाई लगातार आउट गरेपछि भारत जिततर्फ अघि बढेको थियो ।

करन दुबै खेलमा गोल्डेन डक आउट भए । मार्क वुड र जेम्श एन्डरसन दुबैले खाता खोल्न सकेनन् । समग्रमा इंग्ल्यान्डका आठ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा पाँच खेलाडी शून्यमा आाउट भए । भारतका मोहम्मद शिराजले सर्वाधिक चार विकेट लिए । बुमराहले तीन, ईशान्त शर्माले दुई मोहम्मद शामीले एक विकेट लिए ।

त्यसअघि दोस्रो इनिङमा भारतले पाँचौं दिन दोस्रो सेसनमा १०९.३ ओभरमा ८ विकेटको क्षतिमा २ सय ९८ रन बनाउँदै अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो। नवौं विकेटका लागि शामी र बुमराहले १ सय २० बलमा ८९ रनको अविजित साझेदारी गरेपछि भारतले बलियो योगफल तयार पारेको थियो । शामी ७० बलमा ६ चौका र १ छक्का सहित ५४ रनमा अविजित रहे ।

बुमराह ६४ बलमा ३ चौका सहित ३४ रनमा अविजित रहे । टेस्टमा यी दुबै खेलाडीको करीअरकै उच्च प्रर्दशन हो । दशौं ओभरको दोस्रो बलमा तीव्र गतिका बलर मार्क वुडले ओपनर लोकेश राहुललाई विकेटकिपर जस बटलरबाट पाँच रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । मार्क वुडकोनै १२ औं ओभरको अन्तिम बलमा रोहित शर्मा मोईन अलीबाट २१ रनमा क्याच आउट हुन पुगे ।

२४ औं ओभरको पहिलो बलमा युवा बलर साम करनले भारतका कप्तान विराट कोहलीलाई २० रनमा बटलरबाट क्याच गराउँदै सर्वाधिक ठूलो सफलता दिलाएका थिए । विराट एज लागेर आउट हुँदा भारत ५५–३ को कमजोर अवस्थामा पुगेको थियो । कोहलीले ३१ बलमा चार चौका प्रहार गरे । कमजोर सुरुवात गरेको भारतलाई चौथो विकेटका लागि अजिंक्या रहाणे र चेतेश्वर पुजाराले २ सय ९७ बलमा एक सय रनको साझेदारी टोलीको संकट टारेका थिए ।

मार्क वुडले ७३ औं ओभरको दोस्रो बलमा पुजारालाई ४५ रनमा जो रुटबाट क्याच गराउँदै महत्वपूर्ण साझेदारी तोडेका थिए । पुजाराले २ सय ६ बलमा ४ चौका प्रहार गरे । पुजारा विकेटसँगै इंग्ल्यान्डले खेलमा पूनरागमन गरेका थियो । मोईन अलीले जस बटलरबाट रहाणेलाई ६१ रनमा क्याच आउट गराए । रहाणेले १ सय ४६ बलमा ५ चौका प्रहार गरे । अलीले रविन्द्र जडेजालाई तीन रनमा बोल्ड आउट गरे । भारतका विकेटकिपर ऋषभ पन्त २२ र ईशान्त शर्मा १६ रनमा आउट भए । इंग्ल्यान्डका मार्क वुडले तीन, मोईन अली र ओली रोबिन्सनले दुई दुई विकेट लिए । साम करनले एक विकेट लिएका छन् ।

त्यसअघि तेस्रो दिन इंग्ल्यान्ड पहिलो इनिङमा १ सय २८ ओभरमा ३ सय ९१ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका कप्तान जो रुट ३ सय २१ बलमा १८ चौका सहित १ सय ८० रनमा अविजित रहँदै उत्कृष्ट शतकीय इनिङ खेले । रुटको यो टेस्ट करीअरको २२ औं शतक हो । रुटले भारतविरुद्ध लगातार दोस्रो शतक प्रहार गरेका हुन् । पहिलो टेस्टको दोस्रो इनिङमा रुटले १ सय ९ रनको सानदार शतकीय इनिङ खेलेका थिए । रुटले आफ्नो टेस्ट करीअरको नौं हजार रन पनि पूरा गरे । रुट टेस्टमा इंग्ल्यान्डमा एलिस्टर कुकपछि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

मोहम्मद शिराजले १५ औं ओभरमा लगातार दुई विकेट लिएका थिए । तेस्रो विकेटका लागि रुट र रोरी बन्र्सले ८५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दोस्रो दिनको अन्तिम समयतिर बन्र्सलाई मोहम्मद शामीले ४९ रनमा एलबिडब्लू आउट गरे । उनले १ सय ३६ बलमा ७ चौका प्रहार गरे ।

कमजोर सुरुवात गरेको घरेलु टोली इंग्ल्यान्डलाई चौथो विकेटका लागि रुट र जोनी बेयरस्टोले १ सय २१ रनको महत्वपूर्ण साझेदारी गर्दै बलियो योगफलतर्फ अघि बढाएका थिए। बेयरस्टोलाई मोहम्मद शिराजले कप्तान विराट कोहलीबाट ५७ रनमा क्याच गराउँदै चौथो सफलता दिलाए । बेयरस्टोले १ सय ७ बलमा ७ चौका प्रहार गरे ।

त्यसपछि भने रुटले राम्रो साथ पाउन सकेनन् । पाँचौं विकेटका लागि विकेटकिपर जस बटलरसँग ५४ रनको साझेदारी गरेका थिए । बटलरलाई ईशान्त शर्माले २३ रनमा बोल्ड आउट गरे । छैटौं विकेटका लागि रुटले मोईन अलीसँग ५८ रन जोड्दै टोलीलाई अगाडि बढाएका थिए । ईशान्तलेनै अलीलाई २७ रनमा विराट कोहलीबाट क्याच आउट गराए ।

ईशान्तको बलमा साम करन गोल्डेन गक आउट भए । ओली रोबिन्सन ६ र मार्कवुड ५ रनमा रन आउट भए । अन्तिम विकेटको रुपमा जेम्श एन्डरसन आउट भएका थिए । भारतका तीव्र गतिका बलर मोहम्मद शिराजले सर्वाधिक चार विकेट लिए । ईशान्त शर्माले तीन र मोहम्मद शामीले दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत १२६.१ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको थियो । भारतका ओपनर लोकेश राहुलले २ सय ५० बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक १ सय २९ रनको योगदान दिए । राहुलले यो टेस्ट करीअरको छैटौं शतक हो ।

भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले ४३.४ ओभरमा १ सय २६ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जेम्स एन्डरसनले रोहितलाई ८३ रनमा बोल्ड आउट गर्दै पहिलो विकेट लिन सफल भए । रोहितले १ सय ४५ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

एन्डरसनलेनै चेतेश्वर पुजारालाई ९ रनमा जोनी बेयरस्टोबाट क्याच आउट गराए । तेस्रो विकेटका लागि विराट कोहली र राहुलले १ सय १७ रनको साझेदारी गरेका थिए। दिनको अन्तिम समयमा विराट कोहली ओली रोबिन्सनको बलमा जो रुटबाट ४२ रनमा क्याच आउट भए ।

दोस्रो दिन इंग्ल्यान्डले बलिङमा उत्कृष्ट पूनरागमनका साथ भारतलाई मध्यम योगफलमै रोकेको थियो । एक समय २७८–३ को अवस्थामा रहेको भारतले बाँकी ८६ रन जोड्न ७ विकेट गुमाउँदै अल आउट भएको थियो ।

दोस्रो दिनको दोस्रो बलमै राहुललाई रोबिन्सनले सिब्लेबाट क्याच गराएका थिए । अजिक्या रहाणे जेम्श एन्डरसनको बलमा एक रनमा जो रुटबाट क्याच आउट हुन पुगे । पन्तले ५८ बलमा ५ चौका सहित ३७ रन जोडे । रविन्द्र जडेजाले १ सय २० बलमा ३ चौका सहित ४० रनको योगदान दिए ।

पन्त र जडेजा दुबै मार्कवुडको बलमा क्याच आउट भएका थिए । ईशान्त शर्मा ८ रनमा आउट हुँदा मोम्मद शामी, जस्प्रित बुमराह र मोहम्मद शिराजले खाता खोल्न सकेनन् । इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्श एन्डरसनले सर्वाधिक पाँच विकेट लिए । ओली रोबिन्सन र मार्कवुडको नाममा दुई दुई विकेट रह्यो । स्पिनर मोईन अलीले एक विकेट लिए । पाँच टेस्ट सिरिजमा पहिलो खेल बराबरीमा सकिएको थियो ।

Advertisement

तेस्रो टेस्ट २५ अगष्ट देखि लिड्समा सुरु हुने छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top