अफगानिस्तानबाट कुबेत हुँदै ११८ नेपाली काठमाडौं आइपुगे, धापासीस्थित आइसोलेसन सेन्टरमा लगियो

१ भदौ, काठमाडौं ।
अफगानिस्तानबाट कतार हुँदै ११८ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । आज बिहान जजिरा एयरको विमानमार्फत् उनीहरु काठमाडौं आइपुगेका हुन् ।

Advertisement

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा र्पुयाइएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो ।

११८ जना नेपाली काठमाडौं आएको परराष्ट्र मन्त्रालयले ट्वीटरमार्फत् जानकारी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले अफगानिस्तानबाट कुबेत हुँदै १२७ जना आज बिहान काठमाडौं आइपुगेको जानकारी दिएका थिए । नेपाल अवतरण गरेका १२७ जनामध्ये केही भारतीय नागरिक भएको खुलेको छ ।

Advertisement

उनीहरुलाई विमानस्थलबाट सिधै धापासीमा रहेको आइसोलेसन केन्द्रमा लगिएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्यालले जानकारी दिएका छन्। उनका अनुसार त्यहाँ सबैको एन्टिजेन परीक्षण गरिनेछ। रिपोर्ट नेगेटिभ आएपछि सम्बन्धित ठाउँमा पठाइनेछ।

अफगानिस्तानमा अझै केही नेपालीहरु उद्धारको पर्खाइमा छन् । परराष्ट्र मन्त्रालयले सोमबार साँझसम्म १३४ नेपालीहरु सम्पर्कमा आएको र सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top