नेपाल-भारत संयुक्त निगरानी संयन्त्रको बैठक : भारतीय सहयोगका परियोजनाबारे छलफल

३२ साउन ७८, मंगलबार

१ भदाै,काठमाडौं।

नेपाल भारत संयुक्त निगरानी संयन्त्रको बैठकले नेपालमा भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाबारे समीक्षा गरेको छ । बैठकले ती आयोजनाको प्रगतिबारे छलफल गर्दै कार्यान्वयनका क्रममा देखिएका समस्यालाई समयमै सम्बोधन गर्ने निष्कर्षसमेत निकालेको छ ।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुभएको थियो । उनका साथमा परराष्ट्र मन्त्रालयका अधिकारी र अन्य मन्त्रालयका सम्बद्ध पदाधिकारीको उपस्थिति थियो । यसै गरी भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गरेका थिए । उनका साथमा भारतीय दूतावासमा अन्य पदाधिकारीको उपस्थिति थियो ।

बैठकमा आयोजनाको प्रगति तथा देखिएका समस्या समाधानका लागि चाल्नुपर्ने उपाय तथा आवश्यकताका आधारमा थप सहकार्य गरेर परियोजनालाई समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा हाल निर्माणका क्रममा रहेका तराईका सडक, अन्तर्देशीय रेल परियोजना, अरुण तेस्रो जलविद्युत् आयोजना, पेट्रोलियम पाइप लाइन, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, भूकम्पपछिको पुनः निर्माण, सिँचाइ परियोजना, ऊर्जा तथा प्रसारण लाइन, नेपाल प्रहरी एकेडेमी, एकीकृत जाँच चौकी, रामायण सर्किट र महाकाली नदीको पुल, कृषि तथा सांस्कृतिक सम्पदालगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत सरकारले २०७२ सालको भूकम्पबाट प्रभावित गोरखा र नुवाकोटमा ४६ हजार घर निर्माणमा सहयोग गरेको छ । यस्तै भारतीय सरकारी कम्पनी सतजल विद्युत् निगमले सङ्खुवासभामा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै अन्तर्देशीय प्रसारण लाइन तथा अन्य आयोजनामा समेत सहयोग गरेको छ ।

बैठकमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको अनुगमन, समीक्षा तथा केही समस्या भए त्यसलाई समाधान गर्ने विषयमा सहमति भएको छ । परियोजनाका भइरहेको कामको प्रगति, समस्याको पहिचान र समाधानका लागि आवश्यक पहलका सन्दर्भमा बैठकमा विशेष कुराकानी भएको छ ।

सन् २०१६ मा भारतीय सहयोगका परियोजनाको प्रगतिबारे निगरानी गर्न उक्त संयन्त्र स्थापना भएको हो । संयन्त्रले आयोजनामा देखिएको समस्या निरूपणका लागि समयमै आवश्यक कदम चाल्ने गरेको छ । संयन्त्रको दशौँ बैठक आपसी सहमतिमा तय गरिने विज्ञप्तिमा जनाइएको छ । यसअघि २०७६ साल असार २३ मा संयन्त्रको सातौँ बैठक बसेको थियो । आठौँ बैठक २०७७ साल भदौ १ गते आयोजना गरिएको थियो । रासस

भर्खरको समाचार

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

सम्बन्धित समाचार

Scroll to Top