नेपाल समूहका सांसद र केन्द्रीय सदस्य सिंहदरबारमा

१ भदौ ७८, मंगलबार
Share this
720shares

१ भदौ, काठमाडौं ।

Advertisement

सरकारले पार्टी विभाजनलाई सहज बनाउन राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय भएसँगै नेकपा एमालेकाे नेपाल समूहका नेताहरु सिंहदरबारमा जुटेका छन्।  वरिष्ठ नेता माधवकुमार नेपालले सिंहदरबारमा आफू पक्षका केन्द्रीय सदस्य र सांसदहरुसँगको बैठक बोलाएका हुन्।

नेपाल पक्ष नयाँ पार्टी खोल्ने योजनामा छ। सम्भावित रणनीति तय गर्नका लागि नेपालले आफू पक्षीयहरुसँगको बैठक राखेका हुन्। केहीबेर अघि मन्त्रिपरिषद् बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा २० प्रतिशत भए पुग्‍ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान रहेकोमा त्यसलाई संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो।

Advertisement

यता नेकपा एमालेले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top