दल विभाजनसम्बन्धी अध्यादेशपछि माधव समूहको ओलीमाथि दबाब

१ भदौ, काठमाडौँ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले गरेको एकलौटी निर्णय तत्काल फिर्ता लिन दवाव दिएको छ । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश सिफारिस गरेपछि मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णयहरु तत्काल फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएको हो ।

Advertisement

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता विरोध खतिवडाले भने, “हामी २२ जना सांसदहरु भेटघाट गरेका हौँ, जसमा वर्तमान स्थितीको, अध्यादेश आएको विषयमा, केपी ओली गुटले २६० जना सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा पठाएर जालझेल गरेको, जालेझेललाई कसरी क्रस गर्ने भन्ने विषयमा परामर्श भयो, हाम्रा लागि अध्यादेश आएको होइन, हामी त ३०÷४० प्रतिशत नै छौँ, बरु महन्थ ठाकुर जीहरुका लागि सजिलो पार्न २० प्रतिशत भए पार्टी फुटाउन पाउने अध्यादेश आएको होला, केपी ओलीले जालझेल गरेर गरेका निर्णयहरु फिर्ता नलिए आवश्यक्ताले अघि बढ्छौ, केपीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा छ, हामी अन्तिमसम्म एकता होस् भन्ने प्रयत्न गर्नेछौँ ।”

बैठकमा माधव पक्षका नेताहरुले सरकारले ल्याएको अध्यादेशका विषयमा पनि छलफल गरेका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top