×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

प्राधिकरणको नाफा तीन अर्ब, ५१ लाख ग्राहकमा पुग्यो बिजुली

१ भाद्र २०७८

१ भदाै, काठमाडौँ।

उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् ।

Advertisement
Advertisement

अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७/७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै, सामुदायिक संस्थातर्फ पाँच लाख ५० हजार पुगेका छन् । यस आधारमा देशभर विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्या ५० लाख ८० हजार पुगेको छ ।

प्राधिकरणको ३६आँैं वार्षिकोत्सवको अवसरमा दिइएको विवरण अनुसार देशका ७४ जिल्लामा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । कर्णाली प्रदेशको कालिकोट र जुम्लामा आव २०७७/७८ मा मात्रै केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो । सो प्रदेशको डोल्पा, मुगु र हुम्लामा आगामी दुई वर्षभित्र प्रसारण प्रणाली पु¥याउने योजनामा प्राधिकरण रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हालसम्म देशको ९० प्रतिशत जनसङ्ख्यामा आधारभूत रूपमा ग्रीडको पहुँचसहितको विद्युत् पुगेको छ । बिजुली पु¥याएर मात्रै नहुने भन्दै उहाँले अब विश्वसनीय र प्रभावकारी बिजुली उपलब्ध गराउने चुनौती प्राधिकरणको सामु रहेको बताए ।

कोरोनाले बढायो चुहावट

कोरोना कहरका कारण चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकिएको प्राधिकरणले स्वीकार गरेको छ । एक प्रतिशत चुहावट बढ्दा झण्डै रु ७० करोड बराबरको नोक्सानी हुने देखिन्छ । आव २०७७/७८मा झण्डै दुई प्रतिशत बराबरको चुहावट बढेको छ । यस आधारमा कूल रु एक अर्ब ४० करोड बराबरको नोक्सानी भएको छ ।

आव २०७७/७८ मा विद्युत् चुहावट १७.१८ प्रतिशत थियो । जुन आव २०७६/७७ को तुलनामा १.९१ प्रतिशतले बढी हो । विद्युत् खपतमा भएको वृद्धि, कोभिड–१९ का कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रुपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ हुन नसकेका कारणले चुहावटमा वृद्धि हुन गएको प्राधिकरणको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडि बढाउने योजनामा आफूहरू रहेको जानकारी दिए ।

आव २०७७/७८ मा साना विद्युत् गृहसहित प्राधिकरणका जलविद्युत् गृहबाट कूल दुई अर्ब ८१ करोड युनिट बिजुली उत्पादन भयो । आव २०७६/७७ मा उत्पादन कूल तीन अर्ब दुई करोड युनिट उत्पादन भएको थियो । आव २०७६/७७ मा निजी क्षेत्रका विद्युत् गृहबाट दुई अर्ब ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत आव मा ८.३६ प्रतिशतले बढ्न गई तीन अर्ब २४ करोड युनिट प्राप्त भएको थियो ।

यस्तै, आव २०७६/७७ मा भारतबाट रु एक अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेकाले गत आवमा ६३.४५ प्रतिशत बढी अर्थात् दुई अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको प्राधिकरणले जनाएको छ ।

गत आवमा प्रणालीमा ८ अर्ब ८७ करोड ७९ लाख ५० हजार युनिट घण्टा विद्युत् उपलब्ध भएको तथ्याङ्क थियो । जुन, आव २०७६/७७ मा ७ अर्ब ७४ करोड १० लाख युनिटको तुलनामा १४.६८ प्रतिशत बढी हो । कूल उपलब्ध ऊर्जामध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१.६६ प्रतिशत छ भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युत्को योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत छ । आव २०७७/७८ मा कुल विद्युत् खपत ७ अर्ब ३१ करोड ९० लाख युनिट रहेको छ । जुन आव २०७६/७७ को ६ अर्ब ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढी हो ।

७१ अर्ब आम्दानी, ६८ अर्ब खर्च

प्राधिकरणले आव २०७७/७८ मा बिजुली बिक्री गरेर रु ७१ अर्ब २८ करोड आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा सो आवमा बिजुली बिक्रीको आम्दानी घटेको देखिन्छ । आव २०७६/७७ मा कूल रु ७६ अर्ब ३१ करोड बराबरको बिजुली बिक्रीबाट आम्दानी भएको थियो ।

यस्तै, सञ्चालन खर्चमा समेत १०.९६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा रु ६१ अर्ब ८७ करोड बराबरको सञ्चालन खर्च भएकामा आव २०७७/७८ मा रु ६८ अर्ब ४५ करोड पुगेको छ ।

नाफा घट्यो

प्राधिकरणले पछिल्लो एक वर्ष विशेष ध्यान दिन नसक्दा सञ्चालन मुनाफा घटेको छ । आव २०७६/७७ मा रु ११ अर्ब ६८ करोड नाफा गरेको प्राधिकरणले आव २०७७/७८ मा मात्रै तीन अर्ब ५१ करोड मात्रै भएको छ । लगातार नाफामा गएको प्राधिकरणले पछिल्लो एक वर्षमा प्रभावकारी काम गर्न नसक्दा मुनाफामा कमी आएको भन्दै आलोचना भएको छ । कार्यकारी निर्देशक घिसिङले संस्थागत सुशासन कायम गर्ने, चुहावट नियन्त्रण तथा अन्य सुधारात्मक काम अगाडि बढाएर चालु आवमा प्राधिकरणको नाफामा उल्लेख्य वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे

“राइट म्यान,राइट प्लेस” अनुसार नेतृत्व परिवर्तनः मन्त्री भुसाल

कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा मन्त्री पम्फा भुसालले तत्कालीन ऊर्जा मन्त्री पोष्टबहादुर बोगटीको कार्यकालमा प्राधिकरणको रु २८ अर्ब सञ्चित घाटालाई अपलेखन गरेर सुधारको काम सुरु भएको स्मरण गरिन् । उनले आफ्ना पूर्ववर्ती मन्त्रीले प्राधिकरणको सुधारका लागि उल्लेख्य रुपमा काम गरेको बताइन्।

अबको दुई वर्षमा पूर्ण रुपमा विद्युतीकरण गर्ने योजना कार्यान्वयन गर्न उनले प्राधिकरणलाई योजनाबद्ध रुपमा लाग्न निर्देशन दिइन् । उनले विभिन्न चरणको छलफलपछि आफूले २० युनिट बिजुली निःशुल्क दिने निर्णय गरेको स्पष्ट पारिन् । प्राधिकरणको नेतृत्वमा प्रदेश नं २ बाहेकमा जलाशयुक्त आयोजना निर्माण गर्ने योजनामा आफूहरू लागिपरेको मन्त्री भुसालको भनाइ छ ।

अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई अगाडि बढाउने योजनाका साथ सरकार लागिपरेको उल्लेख गरे । ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको छ । यस्तै, न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई तत्काल अगाडि बढाउने योजना उनले सुनाइन् ।

देशभित्र निर्माण भइरहेका प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले पहल सुरु गरिसकेको जानकारी दिँदै उनले बिजुली खेर जाने अवस्थाको अन्त्य गरिने विश्वास दिलाइन् । उनले प्राधिकरणमा सुशासन र पारदर्शीतामा कुनै सम्झौता नगरिने भन्दै ‘राइट म्यान, राइट प्लेस,’ को अवधारणाअनुसार प्राधिकरणको नेतृत्व परिवर्तन गरेको बताइन् ।

मन्त्री भुसालले कर्मचारीको सरुवामा हुने लेनदेन वा भनसुन देखिए त्यो आफूलाई सह्य नहुने भन्दै सोहीअनुसार गर्न कार्यकारी निर्देशक घिसिङलाई निर्देशन दिइन् । उनले संस्थागत सुशासन र प्रभावकारी कार्य सञ्चालन गरी राष्ट्रिय आकांक्षा पूरा गर्न प्राधिकरणको नेतृत्व सफल हुने विश्वास व्यक्त गरिन् ।

Advertisement

कार्यक्रममा ऊर्जा सचिव देवेन्द्र कार्कीले प्राधिकरणको बढ्दो साखलाई थप विस्तार गरेर सबल र सक्षम संस्थाको रुपमा विकास गर्न मन्त्रालयको तर्फबाट सदा सर्वदा सहयोग रहने बताए । कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल(इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्य, सामुदायिक विद्युत् उपभोक्ता महासङ्घका अध्यक्ष नारायण ज्ञवालीलगायतले प्राधिकरणको थप सफलताको कामना गरे ।रासस

भर्खरको समाचार

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

सम्बन्धित खबरहरु

Scroll to Top